बिरौटामा ब्युटी ट्रेनिङ सेन्टर
पोखरा ।
महिलालाई ब्युटिपार्लरको तालिम दिन पोखरा १७ बिरौटाको नहरचोकमा ड्रिम ब्युटी होम एन्ड ट्रेनिङ सेन्टर खोलिएको छ । ब्युटिपार्लर सञ्चालन गर्न चाहने महिलालाई तालिम दिएर दक्ष बनाउन सेन्टर खोलेको सञ्चालक शान्ता लामिछानेले जानकारी दिइन् ।
पोखरा महानगरपालिका वडा नम्बर १७ की अध्यक्ष राधिकाकुमारी शाही योगीले ट्रेनिङ सेन्टर उद्घाटन गरिन् । उनले आर्थिक रुपमा महिला सम्पन्न बन्नक लागि आयआर्जनमा जोडिनुपर्ने बताइन् ।
उनले अरु महिलालाई समेत सीप सिकाएर आत्मनिर्भर बनाउन तालिम केन्द्रको भूमिका हुने उल्लेख गरिन् । सुरु सुरुमा सौन्दर्यकर्मी पेशा अंगालेका महिलालाई समाजमा हेर्ने दृष्टिकोण सही नभएको उल्लेख गर्दै अध्यक्ष शाहीले पछिल्लो समयमा सौन्दर्यकर्मीको पेशालाई महिला उद्यमीको रुपमा लिने गरेको चर्चा गरिन् ।
कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेश महिला उद्यमी समितिका अध्यक्ष चिनु गुरुङ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपाने, हिमालयन ब्रुअरी गण्डकी प्रदेशका प्रमुख सुदीप भट्ट, सीप विकास केन्द्रका प्रशिक्षक यमकुमारी थापा लगायतले महिलाको उद्यमशीलताका विकासमा बोलेका थिए ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया