‘महिलालाई विशेष अवसर जरुरी’

पोखरा ।
१ सय १४ औं अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा नेपाल रेडक्रस सोसाइटी कास्की अन्तर्गतको लैंगिक तथा सामाजिक समावेशीकरण समितिले शुक्रबार अन्तक्र्रिया गरेको छ ।
कार्यक्रममा विषय विज्ञको रुपमा उद्यमी मिना गुरुङ, पर्यटन व्यवसायी लक्की कार्कीले महिलाको उद्यमशीलताको विकास र नेपालमा महिलाको समग्र अवस्थाबारेमा प्रकाश पारेको रेडक्रस सोसाइटी कास्कीका सभापति डण्डराज शर्मा पौडेलले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपकोषाध्यक्ष डोलराज पाण्डेले कार्यक्रमको उद्घाटन गर्दै महिलाको समग्र विकासका लागि शिक्षामा महिलालाई विशेष अवसर प्रदान गर्नुपर्ने बताए । ‘शिक्षामा लगानी बढाउनुका साथै महिलालाई स्नात्तकोत्तर तहसम्मको शिक्षा निशुल्क गर्नुपर्छ,’ उनले भने, ‘शिक्षा, नीति निर्माण, प्रशासन, सामाजिक क्षेत्र तथा निर्णायक तहमा महिलालाई विशेष अवसर प्रदान गर्नुपर्छ ।’
उनले दक्षिण एसियाली मुलुकहरुमध्ये नेपालमा महिलाको सशक्तिकरण लगायत क्षेत्रमा तिब्र विकास भएको दाबी गरे । राष्ट्रिय जनगणना अनुसार समग्रमा २५ प्रतिशतमात्र महिलाको नाममा जग्गा जमिन रहेको उल्लेख गर्दै उनले २५ दशमलव ७३ प्रतिशत महिलामात्र घरमुलीको रुपमा रहेको बताए । उनले पछिल्लो समयमा पाइलट, मेडिकल डाक्टर, वैज्ञानिक, नेपाली सेना, नेपाल प्रहरीमा महिलाको सहभागिता सन्तोषजनक रुपमा बढेको चर्चा गरे । उनले तथ्य तथ्यांकमा महिला सहभागिताको अवस्था सन्तोष जनक भएता पनि नेपालको पश्चिमी क्षेत्रमा महिलाको अवस्था कमजोर भएको उनले उल्लेख गरे ।
‘महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नाराका साथ आगामी फागनु २५ गते अर्थात ८ मार्चमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउन लागिएको छ । कास्की रेडक्रसले हरेक वर्ष विभिन्न कार्य गरी सो दिवस मनाएको शाखाका मन्त्री सुरेन्द्र गुरुङले जानकारी दिए ।
शिवरात्रि पर्व तथा विविध कार्यक्रमको चापको कारण जिल्ला शाखाको मुल कार्यक्रम पहिल्यै गरेको जानकारी दिँदै उनले कास्की शाखा अन्तर्गतको उपशाखाले क्रमशः नारी दिवस मनाउने बताए ।
रेडक्रस कास्कीको लैंगिक तथा सामाजिक समावेशीकरण समितिका संयोजक रमा न्यौपाने कोइरालाले महिलाको अधिकार कार्यान्वयन हुनु भन्दा पनि कागजमा सीमित रहेको बताइन् । उनले महिलालाई केन्द्र विन्दुमा राखेर कार्यक्रम गरेको जानकारी दिइन् ।
गैरसरकारी संस्था महासंघ नेपाल कास्कीका उपाध्यक्ष ईन्दिरा पौडेलले समाजका हरेक क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता आवश्यक भएको उल्लेख गरिन् । उनले महिलालाई आयआर्जनमा नजोडेसम्म महिला सशक्तीकरण सम्भव नभएको जानकारी दिइन् । उनले लैंगिक समानता कायम हुन नसकेको बताइन् ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया