पत्रकार महिला सम्मान तामाङलाई

पोखरा ।
स्वतन्त्र पत्रकार संघ नेपालद्वारा पत्रकार महिलाको प्रोत्साहनका लागि सञ्चालित पत्रकार महिला सम्मान यस वर्ष कास्कीकी रजनी तामाङ स्याङ्बोलाई गरिने भएको छ ।
पूर्व सम्मानित प्रतिभा शीला गुरुङको संयोजकत्वमा कृष्ण रानाभाट र कल्याण पन्त रहेको प्रतिभा छनोट समितिको सिफारिसलाई संघको बैठकले सर्वसम्मत अनुमोदन गरेको कास्की शाखा सचिव गंगासागर उपाध्यायले जानकारी दिए ।
उक्त सम्मानबाट यस अघि अग्रज पत्रकार दुर्गा अधिकारी (रेडियो सफलता), शीला गुरुङ (रेडियो नेपाल) रविना आलेमगर (रेडियो तरङ्ग), शान्ति राणा (रेडियो नेपाल), ईश्वरी पौडेल (परिज्ञान साप्ताहिक), सीता दर्नाल (रुपन्देही), मनिता राई (सुनसरी), सविता तिवारी (गैडाकोट) सम्मानित भइसकेका छन् ।
तामाङ्लाई १० हजार नगद, सम्मानपत्र र दोसल्लासहित सम्मान गरिने संघका कोषाध्यक्ष ओम उपाध्याय बताउँछन् । यो वर्ष सम्मानित हुने तामाङ माछापुच्छे गाउँपालिका ९ कास्कीकी बासिन्दा हुन् । उनी खोज मिडियामा संलग्न छिन् ।
विभिन्न संस्थामा रहेर कार्य गरेको अनुभवसमेत रहेकी तामाङ भिडियोग्राफी, फोटोग्राफी र समाचारवाचनतर्फकी कुशल प्रस्तोता हुन् । उनीसँग विभिन्न सामाजिक संघसंस्थामा संलग्न रहेर कार्यसम्पादन गरेको अनुभवसमेत छ । तामाङलाई यही फाल्गुन २४ गते कास्की शाखाको वार्षिक साधारण सभा तथा अधिवेशन समारोहबिच सम्मान अर्पण गरिने शाखा अध्यक्ष असफल गौतमले जानकारी दिए ।









निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया