गण्डकीमा माओवादीकाे समर्थन फिर्ता
समाधान संवाददाता
२०८० फागुन २३ गते १३:२५

पोखरा ।
नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेकाे छ । माओवादी केन्द्र गण्डकी प्रदेशकी प्रमुख सचेतक कुसुम बुढाले समर्थन फिर्ताको पत्र संसद सचिवालयमा बुझाइसकेको जानकारी दिइन् ।
बुधबार बिहान बसेको माओवादी संसदीय दल गण्डकीको बैठकले सरकारको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएसँगै मंगलबार मुख्यमन्त्री पाण्डेले माओवादीको तर्फबाट मन्त्री बनेका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई हटाएका थिए।
सम्बन्धित
तपाईको प्रतिक्रिया