उद्यमी महिला जोन्टा इन्टरनेसनलमा

समाधान संवाददाता २०७६ असार २३ गते १२:५७

समाधान संवाददाता, पोखरा

अन्तर्राष्ट्रियस्तरको सामाजिक संस्था जोन्टा इन्टरनेसनलको शाखा पोखरामा विस्तार भएको छ । पोखराका उद्यमी महिलाको सहभागितामा संस्था स्थापनाको घोषणा भएको हो । उद्यमी लीना श्रेष्ठ गोशलीको अध्यक्षतामा ९ सदस्य कार्यसमिति गठन गर्दै जोन्टा सुरुआत भएको छ । समिति उपाध्यक्ष मोनिका थापा, महासचिव रोजिना रञ्जित बिजुक्छे, कोषाध्यक्ष नम्रता दाहाल थापा चयन भएका छन् । निर्देशकमा विद्या आर कायस्थ, नेलिशा ठकुरी केसी, मिलन थापा, प्रशंसा कुँवर केसी र अन्जना तझ्या छन् ।

कार्यक्रममा गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले महिलाहरु आफ्नै बलबुँतामा अगाडि बढ्नु प्रशंसनीय भएको बताए । उनले महिलाले नै महिलाको पिर मर्का बुझ्न सक्ने हुँदा संस्थाले सेवा र महिला सशक्तिकरणमा जोड दिए ।

Advertisement

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पोखराका प्रतिष्ठित उद्यमी महिलाको पहलमा यस क्षेत्रमा अन्तर्राष्ट्रिय क्लब ढिलो गरी स्थापना भए पनि गुणस्तरीय सेवाका लागि छलाङ मार्न सक्नु पर्नेमा जोड दिए । क्लबले महिला सशक्तिकरणको क्षेत्रमा सेवा र समर्थनद्वारा समान हक र महिला हितका लागि आवाज उठाउँदै आएको छ । महिला अधिकार पनि मानव अधिकार हो भन्ने नारा बोकेको क्लबका अध्यक्ष लीना श्रेष्ठ गोशलीले बताइन् ।

कार्यक्रममा जोन्टा इन्टरनेसनल डिस्ट्रिक २५ का गर्भनर सहनाज नथानी, जोन्टा क्लब अफ काठमाडौंका अध्यक्ष मीरा ज्योती, एरिया २ का निर्देशक सिर्जना राना लगायतले बोलेका थिए । क्लबको आचारसंहिताका बारेमा उपाध्यक्ष मोनिका थापाले प्रकाश पारेकी थिइन् । महासचिव रोजिना रञ्जित बिजुक्छेले अन्तर्राष्ट्रिय अध्यक्षबाट प्राप्त बधाइ सन्देश सुनाएकी थिइन् ।

Advertisement

क्लबका पदाधिकारी तथा सदस्यलाई जोन्टा इन्टरनेसनल डिस्ट्रिक २५ का गर्भनर सहनाज नथानीले सपथ गराएका थिए । संस्थाका सदस्यमा संगीता बज्राचार्य, पद्मा बास्तोला, अनिता खड्का भट्टराई, सिर्जना कार्की भट्टराई, सम्झना श्रेष्ठ बुद्धाचार्य, रीताशोभा गुरुङ, डा. मेरिना ज्ञवाली, दीक्षा राना हमाल, सुजाता कायस्थ जोशी छन् ।

क्लबमा रश्मी राजभण्डारी पालिखे, डा. अंगना पराजुली, श्वेता पिया मल्ल, सुनीता राज्यलक्ष्मी राणा, पुजा गौचन शेरचन, पलिना श्रेष्ठ, प्रिती प्रधान श्रेष्ठ र सविता श्रेष्ठ छन् । विभिन्न उद्यम तथा व्यवसायमा स्थापित २७ जना महिलाले अगुवाइमा सामाजिक संस्थामार्फत् महिला सशक्तिकरण र सेवाका लागि जुट्न लागेको संस्थाका महासचिव रोजिना रञ्जित बिजुक्छेले जानकारी दिइन् ।

अमेरिकामा स्थापना भएको अन्तर्राष्ट्रिय क्लबको सञ्जाल संसारभर ६७ देशमा फैलिएको छ । १३ हजार सदस्य रहेको क्लब नेपालमा ५ वर्ष अघि भित्रिएको हो । जोन्टा क्लब काठमाडाैं स्थापनासँगै नेपालमा प्रवेश पाएको हो । नेपालमा क्लबको स्थापनासँगै महिला हक अधिकारको पक्षमा तथा महिला हिंसा विरुद्द विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया