एमाले गोर्खाको अध्यक्षमा सुरेन्द्र थापा विजयी

पोखरा ।
नेपाल कम्युनिष्ट पार्टी एमालेको गोरखा जिल्ला कमिटीको अध्यक्षमा सुरेन्द्र थापा निर्वाचित भएका छन् । आइतबार सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट थापा अध्यक्षमा निर्बाचित भएका हुन् ।
उनले कृष्ण नेपालीलाई पराजजित गरेका छन् । आइतबार राती सम्पन्न मतगणनामा २८० मत प्राप्त गर्दै थापा अध्यक्ष निर्वाचित हुँदा उनका प्रतिस्पर्धी कृष्ण नेपालीले २०५ मत पाए ।
त्यस्तै उपाध्यक्षमा मेनबहादुर अधिकारी २७० मत ल्याएर निर्वाचित हुँदा प्रतिस्पर्धी कमल दानीले १२१ र कृष्ण काप्रीले ७१ मत पाए । सचिवमा काजिराम रोका ३५३ मत पाएर निर्वापचत भए भने प्रतिस्पर्धी उपेन्द्र देवकोटाले १०५ मत पाए ।
उपसचिवमा मनोज जोशी र शान्ति चापागाईं निर्वाचित भएका छन् । जोशीले २६५ र चापागाईंले ३२० मत पाए ।
खुलातर्फका उपसचिव पदका उम्मेदवार विष्णु पन्तले ११४ र सञ्जित श्रेष्ठले ६७ मत प्राप्त गरेका थिए भने महिलातर्फकी उपसचिव नानुमाया थापा मगरले १५० मत प्राप्त गरेकी थिइन् ।
खुलातर्फका उपसचिव पदका उम्मेदवार विष्णु पन्तले ११४ र सञ्जित श्रेष्ठले ६७ मत प्राप्त गरेका थिए भने महिलातर्फकी उपसचिव नानुमाया थापा मगरले १५० मत प्राप्त गरेकी थिइन् ।







ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ
५४ युनिट रगत संकलन
अनलाइन ठगीबाट बच्न कास्की प्रहरीको आग्रह
माधव वियोगी साहित्य पुरस्कार विनोदीलाई, उदासी र घिमिरेलाई सम्मान
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया