बास्थला गनगनेमा बद्री

समाधान संवाददाता २०८० फागुन २९ गते ११:१९

पोखरा ।
बास्थला गनगने पंधेराखोला खानेपानी उपभोक्ता समिति पोखरा १३ आर्वाको आइतबार भएको छैटौं अधिवेशनले बद्रीप्रसाद देवकोटाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

Advertisement


समितिको उपाध्यक्षमा राजन सिग्देल, सचिव नमुना बराल र कोषाध्यक्षमा मधु बराल छन् । समितिका सदस्यमा भोजराज बराल, कृष्णप्रसाद बराल, गोकर्ण बराल, पदेन सदस्यमा मोहरपानी आदर्श टोल विकास संस्था, लक्ष्मीनारायण टोल विकास संस्था, अर्धनारेश्वर टोल विकास संस्था र छापाको चौतारा टोल विकास संस्था छन् ।


कार्यक्रममा पोखरा महानगरपालिका वडानं १३ का अध्यक्ष किरण बरालले पोखरा १३ का बासिन्दालाई खानेपानीका लागि वडा कार्यालयबाट सबै खालको सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले तत्काल वडा कार्यालयले यस खानेपानी समितिलाई मर्मत सम्भारका लागि बजेट दिने वचनसमेत दिए ।

Advertisement


समितिका अध्यक्ष नरबहादुर बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेशका अध्यक्ष श्रीनाथ बराल, पत्रकार श्रीराम सिग्देल, समाजसेवी कृष्णप्रसाद बराल, सान्तेडाँडा सहेले वन उपभोक्ता समिति अध्यक्ष कृष्णप्रसाद बराल, अमर ज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक बिमलबहादुर बराल, संस्थाका सल्लाहकार ऋषिराम सिग्देल, समाजसेवी वसन्त शर्मा अधिकारी, शुकदेव बयल, हिमा परियार, रतनपाण्डे खानेपानी उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर बराल, जग्गादाता यमकुमारी बराल, ज्येष्ठ नागरिक कल्याणकारी संस्था पोखरा १३ का अध्यक्ष वलराम सिग्देल लगायतले बोलेका थिए ।


करिब ३ सय उपभोक्ता आवद्ध यो समितिको कार्यक्षेत्रमा ४ टोल विकास संस्था पर्दछन् । समितिका अध्यक्ष नरबहादुर बरालको अध्यक्षको प्रतिवेदन र कोषाध्यक्ष मधु बरालको कोषाध्यक्षको प्रतिवेदन सभाले पारित गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया