नेपाल जेसिजका पूर्वअध्यक्षहरुलाई लेखनाथमा स्वागत

लेखनाथ ।
नेपाल जेसिजका राष्ट्रिय अध्यक्षहरुलाई आइतबार स्वागत तथा सम्मान गरिएको छ । सन १९७४ मा नेपाल जेसिज स्थापना भएदेखिका पूर्व अध्यक्षहरुको साखा भ्रमण गर्ने कार्यक्रम अन्तर्गत ३५ जना पूर्व अध्यक्षहरुलाई बेगनासताल किनारामा स्वागत तथा सन्मान गरिएको हो ।
नेपाल जेसिजका सस्थापक अध्यक्ष भेषबहादुर थापा सहित अहिलेसम्म ५६ जनाले नेपाल जेसिजमा अध्यक्ष बनेर नेतृत्व लिएर संगालेका अनुभवलाई आपसमा साटासाट र आगामी दिनमा नेपाल जेसिजले कस्ता खालका कार्यक्रमहरु ल्याउनुपर्छ भन्नेबारेमा छलफल गरिएको थियो ।
कार्यक्रममा नेपाल जेसिजका वर्तमान राष्ट्रिय अध्यक्ष रविन पोखरेलले सकरात्मक सोचले मात्र समाज परिवर्तन गर्न सकिने बताएका थिए ।
सोही अवसरमा वर्ष २०१८ का अध्यक्ष श्रीधर बस्यालले जेसिजमा लाग्ने युवाहरुले परिमाण देखिने गरी काम गर्नु पर्ने सुझाव दिए ।
कार्यक्रममा नेपाल जेसिजका सन् १९८० का अध्यक्ष तथा परराष्ट्रविद शम्भुराम सिम्खडाले मूल नीति भनेकै राजनीति भएकाले देशमा व्याप्त अस्थिर राजनीतिका कारण युवाहरुमा देखिएको निरासालाई कसरी समाधन गर्न सकिन्छ भन्ने बारेमा जेसिजले नीतिगत रुपमा नै सरकारलाई ध्यानाकर्षण गराउनुुपर्ने सुझाव राखे । सन् २००५ का अध्यक्ष ज्ञानेन्द्रप्रसाद दाहालले सिंगो समाजलाई जोडेल युवाहरुले नेतृत्व लिन सक्नुपर्ने विचार राखेका थिए ।
लेखनाथ जेसिजका अध्यक्ष प्रकाश राइभाटको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ जेसिजका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले धन्यवाद ज्ञापन गरेका थिए । पूर्वअध्यक्ष रोशन अधिकारीले कार्यक्रम सञ्चालन र लेखनाथ जेसिजकी उपाध्यक्ष सिवानी केसीले कार्यक्रमको उद्देश्यकाबारेमा जानकारी थिए ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया