पौडेल वंश महासंघको दोस्रो गण्डकी प्रदेश अधिवेशनका लागि उपसमिति

समाधान संवाददाता २०८० फागुन २९ गते ११:३३

पोखरा ।
पौडेल वंश महासंघको आगामी चैत २४ गते गर्न लागिएको दोस्रो गण्डकी प्रदेश अधिवेशनलाई भव्य र सभ्य बनाउने लक्ष्यका साथ विभिन्न उपसमिति गठन गरिएको छ ।

Advertisement


महासंघ गण्डकी प्रदेश समितिका सचिव रामजी पौडेलको अध्यक्षता एवम् पौडेल वंश महासंघका केन्द्रीय अध्यक्ष हरिराम पौडेलको प्रमुख आतिथ्यतामा पोखरामा आज सम्पन्न बैठकले आसन्न प्रदेश अधिवेशनलाई लक्षित गरी विभिन्न उपसमितिहरू गठन गर्ने निर्णय गरेको हो ।


बैठकले पौडेल वंश महासंघ गण्डकी प्रदेश समितिका सचिव रामजी पौडेलको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ । समितिको सदस्य सचिवमा कृष्णप्रसाद पौडेल(स्याङ्जा) रहेका छन् भने अन्य सदस्यमा कृष्णप्रसाद पौडेल, धनञ्जय पौडेल, उपेन्द्र पौडेल, प्रेमप्रसाद पौडेल र दुर्गादत्त पौडेल छन् ।

Advertisement


कृष्णप्रसाद पौडेलको संयोजकत्वमा आर्थिक उपसमिति गठन गरिएको छ । सदस्यहरूमा धनञ्जय पौडेल, विश्वनाथ पौडेल, टंकप्रसाद पौडेल र गोपाल पौडेल छन् । त्यस्तै प्रचारप्रसार समितिको उपसमितिको संयोजकमा राष्ट्रिय समाचार समिति(रासस) गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल र निर्वाचन उपसमितिको संयोजकमा दीपक पौडेललाई चयन गरिएको छ ।


बैठकमा पौडेल बंश महासंघका केन्द्रीय अध्यक्ष हरिराम पौडेलले बंशीय उत्थान र एकताका साथै राष्ट्र र समाजको समग्र उन्नयनका लागि पौडेल बंश महासंघका केन्द्रदेखि प्रदेश, जिल्ला र स्थानीय तहसम्मका समितिहरू कृयाशिल बन्ने बताए ।

Advertisement

बैठकका अध्यक्ष एवं पौडेल वंश महासंघ गण्डकी प्रदेश समितिका सचिव रामजी पौडेलले महासंघको दोस्रो प्रदेश अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न गठित उपसमितिहरू सक्रियताका साथ लाग्ने विश्वास व्यक्त गरे । बैठकमा महासंघका केन्द्रीय उपाध्यक्ष(गण्डकी) शारदा पौडेल, केन्द्रीय सदस्य छत्रधर आत्रेय, प्राडा कृष्ण पौडेल, देवीलाल पौडेल, रुद्रप्रसाद पौडेल लगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया