सहारा एकेडेमीलाई साफकाे सहयोग

समाधान संवाददाता २०८० फागुन २९ गते ११:४२

पोखरा ।

Advertisement

विकास कार्यक्रम अन्तर्गत दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सहारा फुटबल एकेडेमीलाई ४० थान फुटबल सहयोग गरेको छ । आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा साफ प्रतिनिधिले यु–१६ महिला फुटबलको फाइनल समारोहबीच सहारा प्रतिनिधिलाई फुटबल हस्तान्तरण गरेका हुन् ।


साफका महासचिव अन्वारुल हकले सहाराका अध्यक्ष केशवराज बराल तथा संस्थापन सदस्य शान्ति केसीलाई बल उपलब्ध गराए । बल प्राप्त गरेसँगै सहाराका अध्यक्ष बरालले साफको सहयोग भएकोमा अखिल नेपाल फुटबल संघ (एन्फा) र साफलाई धन्यवाद ज्ञापन गरे । उनले भने, ‘हाम्रो एकेडेमीलाई एन्फामार्फत् साफले ठूलो सहयोग भएको छ । यसका लागि आभारी छौं,’ बरालले भने । भारतलाई पेनाल्टी सुट आउटमा हराउँदै बंगलादेशले साफको उपाधि जितेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया