प्रदेशस्तरीय पुरुष फुटबल चैत अन्तिम साता

पोखरा ।
गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल चैत्रको अन्तिम साता पोखरामा हुने भएको छ । प्रतियोगिता प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश फुटबल संघको व्यवस्थापनमा हुन लागेको हो ।
प्रतियोगिता चैत २५ देखि ३० गते सम्म पोखरा रंगशालामा आयोजना हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीका कार्यकारी सदस्य दिलबहादुर गुरुङको संयोजकत्वमा गठित आयोजक समितिको बैठकले प्रतियोगिताको मिति निर्धारण गर्दै गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट टिमको सहभागिता गराइने जनाइएको छ ।
नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको पहिलो चरणको तयारी सुरु भएको गण्डकी प्रदेश फुटबल संघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जनाएका छन् । प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्माको उपस्थितिमा भएको बैठकमा प्रदेश खेलकुद परिषदका सदस्य केशव पाठक, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बाँनिया, गण्डकी प्रदेश फुटबल संघका महासचिव विनोद गुरुङ, कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्ज्वल रञ्जितको सहभागिता थियो ।
तपाईको प्रतिक्रिया