कांग्रेस नेता लामिछानेलाई शोक
पोखरा ।
नेपाली काँग्रेस कास्कीका प्रवक्ता युवराज (युवक) लामिछाने लाई मातृशोक परेको छ । पोखरा महानगर पालिका वडा नम्बर ३०, खुदी (हाल पोखरा १७ बिरौटा) निवासी लामिछानेकी आमा सूर्यकला लामिछानेको ७८ वर्षको उमेरमा फागुन ३० गते बुधबार विहान ११.१५ बजे निधन भएको थियो ।
बुधवार नै उनको पार्थिव शरीरमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री, पूर्वसभामुख तारानाथ रानाभाट, पूर्व मन्त्री, एवं नेका कास्कीका पूर्व सभापति यज्ञबहादुर थापा, नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, ईकाई सभापतिहरु ध्रुवराज न्यौपाने र देवीप्रसाद आचार्यले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा सदा क्रियाशील रहने उनी एक समाजसेवी, जनप्रेमी व्यक्तित्व भएको भन्दै नेपाली कांग्रेस कास्कीले शोक जनाएको छ । ‘सिद्धान्तप्रति निष्ठावान उहाँले परिवारका सवै सदस्यहरुलाई नेपाली काँग्रेसमा क्रियाशील रहन प्रेरणादायी अभिभावकीय भूमिका निर्वाह गर्नुभएको थियो,’ कास्की कांग्रेसले भनेको छ, ‘उहाँको निधनबाट नेपाली काँग्रेस कास्कीको संगठनमा गम्भीर क्षति पुगेको छ । उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दछौं ।’
दिवंगत आत्माको चीरशान्तिको कामना सहित शोक संतप्त उनका १ छोरा युवराज लामिछाने, ४ छोरीहरु नारायणी कोइराला, लक्ष्मी लामिछाने, राममाया लामिछाने र मनु तिमिल्सिनासहितका सम्पूर्ण परिवारजनहरुमा कास्की कांग्रेसले समवेदनासमेत व्यक्त गरेको छ ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया