एमाले कास्कीको अधिवेशन विवादित, प्रतिनिधि छनोट स्थगित गर्न केन्द्रको निर्देशन
कास्की इन्चार्ज थममायासहित नेताहरुले संगठन विभागमा दिएका थिए उजुरी

पोखरा ।
नेकपा एमाले कास्कीको आसन्न जिल्ला अधिवेशनकाे प्रतिनिधि छनोट कार्यक्रम स्थगित भएको छ । यही चैत १० र ११ गतेका लागि तोकिएको जिल्ला अधिवेशनमा सहभागी बन्नका लागि चैत ३ गते जिल्लाभरका लागि प्रतिनिधि छनोट गर्ने कार्यक्रम राखिएकाे छ ।
नेकपा एमालेको केन्द्रीय संगठन विभागले शुक्रबार दिउसो गण्डकी प्रदेश कमिटीलाई पत्र पठाई कास्की जिल्लाको पूर्व निर्धारित प्रतिनिधि छनोट प्रक्रिया स्थगित गर्न निर्देशन दिएकाे छ । संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले हस्ताक्षर गरेर पठाएकाे पत्रमा प्रतिनिधि छनोट विधिका बारेमा संगठन विभागमा उजुरी परेको उल्लेख छ ।

नेकपा एमाले कास्कीका इन्जार्ज थममाया थापासहित कास्कीबाट केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने केही केन्द्रीय सदस्य र जिल्ला कमिटीका केही पदाधिकारीले संगठन विभागमा उजुरी दिएका कारण प्रतिनिधि छनोट स्थगित गर्न निर्देशन दिनुपरेको संगठन विभाग प्रमुख अधिकारीले बताएका छन् ।
संगठन विभागले जिल्ला अधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोट गर्ने विधि बारेको बुझाइमा बिल्कुलै एक रुपता नभएको भन्दै पुन जिल्ला कमिटीको बैठक बसेर एक रुपता कायम गरी प्रतिनिधि छनाैट गर्न भनिएको छ ।









सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया