एक्सप्रेस सेवाद्वारा मानवसेवा आश्रमलाई आर्थिक सहयोग

काठमाडौँ ।
एक्सप्रेस सेवाले मानव सेवा आश्रम, रानीवन शाखालाई आर्थिक सहयोग गरेको छ । बुधवार माईपे मनि ट्रान्सफरको संयोजकत्वमा मानवसेवा आश्रममा एक कार्यक्रम गर्दै एक्सप्रेस सेवाले आश्रमलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
एक्सप्रेस सेवाले माईपे मनी ट्रान्सफरसँगको सहयोगमा उक्त आर्थिक सहयोग गरेको हो । कार्यक्रममा माईपे मनि ट्रान्सफरका डिरेक्टर अफ सेल्स किरण भट्टराईले आश्रमलाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।
एक्सप्रेस सेवा मार्फत नेपालमा माईपे मनी ट्रान्सफरमा पठाएको पहिलो कारोबार रकम बराबर हुन आउने २५ हजार रुपैयाँ मानव सेवा आश्रममा सहयोग गरेको हो । एक्सप्रेस सेवा मार्फत विश्वका विभिन्न ३५ भन्दा बढी देशहरूबाट नेपालमा रकम पठाउन सकिन्छ ।
मनवसेवा आश्रमले अनाथ तथा असहाय मानिसहरूको लागि सहारा बन्दै आश्रय दिँदै आएको छ । आगामी दिनमा समेत यस्तो सहयोग जारी रहने कम्पनीको भनाइ छ ।









चिप्लेढुंगामा केएफसी सञ्चालन
महाकालेश्वर मार्ग टोल विकासमामा चालिसे
हिमालय क्लबको सभा
तमु फोटो प्रतियोगितामा राम गुरुङ प्रथम
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया