पोखरा वृद्धाश्रमको स्थापना दिवस

पोखरा ।
पोखरा महानगरपालिका वडा नं. १७ सीतापाइलास्थित पोखरा वृद्धाश्रमले २८ औं स्थापना दिवस मनाएको छ । वृद्धाश्रमले बिहीबार ज्येष्ठ नागरिक मिलन कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समिति कास्की प्रमुख लीलाधर पौडेलले ज्येष्ठ नागरिक ज्यूदा इतिहास र भविष्यका मार्गदर्शक भएको जनाए । उनले ज्येष्ठ नागरिकलाई राज्यले प्रदान गरेका सेवा, सुविधा र सम्मान निर्बाध रूपले उपयोग गर्ने वातावरण निर्माणका लागि आग्रह गरे ।
नेपालमा नै पहिलो पटक जिल्ला समन्वय समिति कास्कीले समन्वयात्मक बैठकमार्फत पहल सुरुवात गरेको जानकारी दिँदै उनले यसलार्य निरन्तरता दिने जनाए । पोखरा १७ की वडाध्यक्ष राधिका शाहीले सामाजिक र ज्येष्ठ नागरिकको क्षेत्रमा पोखरा वृद्धाश्रमले खेलेको भूमिका महत्वपूर्ण रहेको जनाइन् ।
पोखरा वृद्धाश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा सहसचिव सीता काफ्ले, सचिव धर्म गुरुङ, पोखरा १५ का वडा सदस्य बलराम पौडेल, ज्येष्ठ नागरिक मञ्च गण्डकी अध्यक्ष रोमा शाक्य, निवृत्त शिक्षक संघ केन्द्रीय उपाध्यक्ष तोयनाथ लामिछाने, लेखक रवीन्द्र माकाजु, ब्राह्मण समाजका केन्द्रीय उपाध्यक्ष भेषराज लम्साल लगायतले बोलेका थिए ।









कास्कीमा १७ हजार बढी नयाँ मतदाता थप
सामुदायिक सेवा केन्द्रलाई सहयोग
‘विद्यार्थीलाई साइबर अपराधबाट जोगाऔं’
कृषिबाट पर्यटनतर्फ ठिनी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया