प्रजातन्त्र सेनानी बरालको निधन

समाधान संवाददाता २०८० चैत २ गते १७:३६

पोखरा ।

Advertisement


कास्की पोखरा महानगर पालिका वडा नम्बर ७, नुवारथोक निवासी नेपाली कांग्रेसका नेता, प्रजातन्त्र सेनानी अग्निलाल बरालको ९० वर्षको उमेरमा फागुन ३० गते निधन भएको छ । मनिपाल अस्पताल पोखरामा उपचारका क्रममा भएको उनको निधन भएको हो । बरालको निधनप्रति नेपाली कांग्रेस कास्कीले दुख व्यक्त गरेको छ । २०९१ चैत २४ गते पिता खिमलाल बराल र माता पूर्णशिला बरालको कोखवाट जन्मिएका अग्निलाल बराल राजनीतिक, सामाजिक र धार्मिक व्यक्तित्व भएको कांग्रेसले आफ्नो शोक वक्तव्यमा उल्लेख गरेको छ । उनले नेपालको प्रजातान्त्रिक आन्दोलनहरुमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।


लामो समय नेपाली कांग्रेस पोखरा महानगर वडा कार्यसमिति ७ को सभापति र पार्टीका विभिन्न तहमा रही नेपाली कांग्रेसको संगठन निर्माणमा उनले अग्रणी भूमिका निर्वाह गरेका थिए । प्रजातन्त्र प्राप्तिको आन्दोलनहरुमा सहभागी हुँदा तत्कालीन पञ्चायती शासकबाट उनी पटकपटक राजनीतिक बन्दी बने । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि उनले बरालहरुको पुख्र्यौली गुफा डाँडामा ‘कानोबाबा’ लाई सेल्टर दिएर पञ्चायती व्यवस्थाको विरोधमा अभियान सञ्चालन गरेका थिए । जीवनभर निष्ठा, त्याग र वलिदानको राजनितीको अगुवाइ गरेका थिए ।


सिद्धान्तप्रति निष्ठावान कर्मशील निडर र प्रष्टवादी नेता अग्निलालको निधनबाट कांग्रेस कास्कीको संगठनमा गम्भीर क्षति पुगेको कांग्रेसले उल्लेख गरेको छ । उनको निधनप्रति कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ । स्वर्गीय बरालका ५ छोराहरु प्रेस युनियन कास्कीका पूर्वअध्यक्ष हेमराज बराल, देवराज बराल, नेपाली कांग्रेस पोखरा ७ का सभापति नवीनराज बराल, सुन्दरराज बराल, पवित्रराज बराल र ८ छोरीहरु राधा रेग्मी, शारदा (कालिका) पौडेल, सरस्वती सिग्देल, कमला सुवेदी, सुशीला सिग्देल, उर्मिला पौडेल, विष्णु पराजुली, पिंगला पराजुली छन् । स्वर्गीय बरालको शुक्रबार सेती नदीको तुलसीघाटमा अन्तिम संस्कार गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया