बन्दीपुर केबलकारको बटम स्टेसन भवन शिलान्यास

कृष्ण न्यौपाने
दमौली
तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माण हुन लागेको केबलकारको बटम स्टेसन भवन निर्माण सुरु भएको छ । केबलकारको साझेदारी कम्पनी आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्सन लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले उक्त भवनको सोमबार शिलान्यास गरेका हुन् ।
बन्दीपुर गाउँपालिका–४ ठूल्ढुंगामा बन्ने भवनको लागत १८ करोड ५५ लाख रुपैयाँ छ । भवन १५ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको शर्माले जानकारी दिए । आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्सन लिमिटेड, पञ्चासे केबलकार एन्ड टुर्स लिमिटेड, टुरिजम इन्भेस्टमेन्ट फन्ड, बन्दीपुर गाउँपालिकाको साझेदारीमा निर्माण हुन लागेको बन्दीपुर पर्यटन पूर्वाधारयुक्त परियोजनाको लागत १ अर्ब ३८ करोड छ ।
केवलकारको टप स्टेसनमा १० तलाको होटल सहितको भवन निर्माण गरिनेछ । ८२ करोडको लागतमा निर्माण हुने उक्त भवनमा आधुनिक भ्यु टावर, बेंक्युट हल र ८० कोठाका कोठाका स्तरीय होटल निर्माण गरिने शर्माले जानकारी दिए । शर्माका अनुसार रेस्ट्रो जोन, सपिङ मल र केबलकारको ड्राइभ स्टेसन, टिकट काउन्टर र उत्तर दक्षिण प्यासेजको निर्माण गर्ने री काम अगाडि बढाइएको छ । ५ सय क्षमताको सभाहल समेत उक्त भवनमा निर्माण गरिनेछ ।
‘पहाडकी रानी’ नामले परिचित बन्दीपुर घुम्न आउने पर्यटकलाई मनोरञ्जन र सुविधा प्रदान गर्ने उद्देश्यले कम्पनीले विविध पूर्वाधार निर्माणको योजना अनुसार कामलाई तीव्र पारेको छ ।
प्रारम्भमा ५६ करोडको लागतमा केवलकार सम्पन्न गर्ने योजना रहेकोमा कम्पनीले केवलकार प्रविधिलाई आधुनिक ‘मोनोकेबल डिटाचेबल प्यासेन्जर सिस्टम’ जडान गर्ने र सुरक्षाको पक्षलाई महत्व दिएर सुरक्षा उपकरणहरु जडान गर्ने योजना थप गरेको शर्माले जानकारी दिए ।
साहसिक पर्यटनको मज्जा दिन बन्दीपुरदेखि छिम्केश्वरी फेदीसम्म माउन्टेन जंगल सफारीको सेवा शुरु गर्ने गरी कम्पनीले लगानी गर्ने जनाएको छ । ‘परियोजनामा सबै क्षेत्रको लगानी सुनिश्चित गर्नका लागि निजी, सामुदायिक, सहकारी, सरकारी र संस्थागत साझेदारी एवं व्यवस्थापनको मोडेलमा पुँजी निर्माण गरिनेछ,’ उनले भने ।
यसलाई लागु गर्नको लागि कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीको रुपमा लैजाने प्रक्रिया अन्तिम चरणमा पुगेको र सबै पक्षलाई वर्गीकरण गरेर साना लगानीकर्तालाई पर्यटन सहकारी बनाएर यस मार्फत् शेयर दिने कम्पनीले बताएको छ ।
ठूल्ढुंगास्वाँराबाट बरालथोकसम्म जोडिने केवलकारबाट घन्टामा २ सय जना वारपार गर्न सक्नेछन् । एसियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बन्ने विश्वास लिइएको छ । ठूल्ढुंगास्वाँराबाट सुरू हुने केबलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केबलकारले १ किलोमिटर ६ सय मिटर यात्रा गर्नेछ ।
तनहुँको डुम्रे बजारदेखि बन्दीपुर पुग्न ७ किलोमिटरको उकालो दूरी बसमा करिब २० मिनेट लाग्छ । केबलकार निर्माण भएपछि केबलकारमा ९ मिनेटमा बन्दीपुर पुग्न सकिन्छ । केवलकारमा २ वटा सामान बोक्नेसहित १७ वटा बक्सा रहनेछ ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया