अमलाबिसौनीमा सरस्वती मन्दिर

पोखरा ।
पोखरा १६ अमलाबिसौनीमा रहेको सरस्वती मन्दिरको पूर्वमन्त्री कुमार खड्काले शनिबार उदघाटन गरेका छन् । अम्बिकाटोलमा रहेको अम्बिका भगवती मन्दिर र आत्माज्ञानको एकैपटक उदघाटन गरिएको छ ।
उद्घाटनपछि खड्काले सरकारले सहयोग गरेको भन्दा दुई गुणा बढी रकम जनस्तरबाट सहयोग उठाई विकास निर्माणमा नागरिकले ऐक्यवद्धता देखाएको बताए । पोखरा १६ मा निर्माण तथा जीणोद्धार गरिएका ३ वटा मन्दिरमा गण्डकी प्रदेश सरकारका तत्कालीन भौतिक पूर्वााधार तथा यातायात मन्त्री कुमार खड्काबाट ५ लाख ५३ हजार ७४३ रुपैयाँ उपलब्ध भएको थियो ।
जनसहभागिताबाट ११ लाख ६३२ रुपैयाँ गरी १६ लाख ५४ हजार ३७५ रुपैयाँ सकलन भएकोमा १६ लाख ३ हजार ७९ रुपैयाँ खर्च भई ५१ हजार २९६ रुपैयाँ बचत भएको निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष राजु थापाले बताए । अम्बिका मन्दिरमा कुर्ची खरिदको रकम समेत त्यही खर्चमा समाहित गरिएको आयव्यय विवरणमा समेटिएको सचिव खगेन्द्र थापाले बताए ।
कार्यक्रममा सहयोग दाताहरुलाई समाजसेवी कुमार श्रेष्ठ, इन्द्रबहादुर बानिया, वडाध्यक्ष अमृत शर्मा, पूर्ववडाध्यक्ष जीवनप्रसाद आचार्य, अमलाबिसौनी धोबीनिपाटन टोल विकास समितिका पूर्वअध्यक्ष होमबहादुर खड्का, नेपाल सरकारका पूर्व प्रशासक बेनीबहादुर बस्नेतले प्रशंसापत्र प्रदान गरेका थिए । दीपेन्द्रबहादुर बस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रमको स्वागत होमबहादुर खड्का र सञ्चालन उपाध्यक्ष पार्वती बस्नेतले गरेकी थिइन् ।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया