राइड सेयरलाई चाँडो मान्यता दिन माग

पोखरा ।
पोखरामा रहि विभिन्न राइड सेयरिङ एपमार्फत राइड गर्ने राइडरहरुको बृहत् भेला शनिबार भएको छ । ब्राउन आइज पार्टीप्यालेसमा भएको भेलामा करिब ५ सय जना राइडरहरु सहभागिता थियो ।
अनिल श्रेष्ठको संयोजकत्व तथा सुनिल भुजेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अनिल श्रेष्ठ, सिर्जन गोम्जा तामाङ, खेम थापा, शैलेन्द्र केसी, किशोर गुरुङ, मीनकाजी गुरुङ, अनुप केसी, सुन्दर वाग्ले लगायतका बक्ताले आ आफ्नो भनाई राखेका थिए ।
उनीहरुले राइड सेयरिङ एपलाई चाँडोभन्दा चाँडो वैधानिकता दिन नीति नियम तर्जुमा गरी कार्यान्वयन गर्नुपर्ने बताएका थिए । राइड सेयरिङ सेवामुखी काम भएको हँुदा यसलाई गैरकानुनी मान्नु गलत भएको उनीहरुको भनाइ थियो ।
उक्त भेलामा पोखरामा रही युवाहरुलाई उत्साहित गरी स्वरोजगार भई आत्मनिर्भर बन्न प्रेरित गर्ने युवा अनिल श्रेष्ठलाई सम्मानसमेत गरिएको थियो । राइड सेयरिङलाई चाँडै वैधानिकता दिई युवाहरुलाई स्वरोजगार बनाउन पहल गर्ने श्रेष्ठले सुनाए ।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङलाई मान्यता दिने कुरा आएसँगै राइडरले प्रदेश सरकारलाई धन्यवाद पनि दिएका छन् । राइडरहरुले सरकारले राइड सेयरिङलाई वैधानिकता दिई आवश्यक नियमन गरेको खण्डमा आफूहरुले सरकारलाई उचित कर तिर्न पाउने बताए । भेलाले अनिल श्रेष्ठको संयोजकत्व र सुनिल भुजेलको अध्यक्षतामा १८ सदस्यीय राइडर समितिको तदर्थ समिति गठनसमेत गरेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य समितिका वरिष्ठ उपाध्यक्ष कुमार रानाले राखेका थिए । कार्यक्रमको बारेमा विनोद ढुंगानाले प्रकाश पारेका थिए । उक्त कार्यक्रमको सञ्चालन समितिका सचिव रिजोन बस्ताकोटीले गरेका थिए ।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया