गोकुल धामलाई सम्वृद्धि सहकारीको सहयोग

पोखरा ।
पोखरा २६ मा रहेको सम्वृद्धि बचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवशको अवसर पारेर पोखरा १४ बाच्छीबुडुवामा रहेको पुस्करिणी परोपकार गोकुलधामलाई विभिन्न सामग्री हस्तान्तरण गरेको छ ।
सहकारीले त्यहाँ रहेका गाईका लागि पराल, चोक्कर लगायतका विभिन्न सामाग्री राष्ट्रिय परोपकार महासंघका अध्यक्ष पण्डित कमलनयन गौतमलाई हस्तान्तरण गरेको हो । कार्यक्रममा राष्ट्रिय परोपकार महासंघका अध्यक्ष गौतमले गौ रक्षा चुनौतीपूर्ण रहेको उल्लेख गर्दै पोखरा महानगरले छाडा चौपाय नियन्त्रणका लागि ठोस कार्ययोजना ल्याउन नसकेको गुनासो गरे ।
उनले धाममा झण्डै २ सय गाई र बाच्छाबाच्छी रहेको उल्लेख गर्दै अहिले आहाराका लागि समस्या परेको सुनाए । गौतमले एक वर्षअघि महानगर र परोपकार महासंघका विच गोकुलधामं व्यवस्थापन गर्ने गरी सम्झौता भएको उल्लेख गर्दै सो अनुसारको काम नभएको गुनासो गरे । महानगरले गाई र बाच्छाबाच्छीका लागि पराल लगायतका खाद्य सामग्रीको समयमै रकम निकासा दिनुपर्नेमा ढिलासुस्ती गरेको उनले आरोप लगाए ।
गौतमले साउनदेखि गाईलाई पराल खुवाउने बजेट दिनुपर्नेमा चैतमा आएर टेन्डर खोल्दा झण्डै आठ महिनासम्म खोजेर निर्वाह गर्नु परेको उल्लेख गरे । उनले महानगरका कर्मचारीले फायल घुमाएर दुःख दिएको उनको आरोप छ ।
गौतमले प्रत्येक दिन एक गाईका लागि एक सय ८० रुपैया खर्च हुने उल्लेख गर्दै महानगरले दिएको रकमले तीन महिनालाई पनि नपुग्ने सुनाए । उनले परालमा समेत घोटला गर्ने कर्मचारीले, महानगरमा कतिसम्म लुट गरे होलान् भनेर अनुमान गर्न नसकिने जनाए ।
सहकारीका अध्यक्ष सुमन भट्टराईले स्मार्ट महानगर बनाउन छाडा चौपायाको नियन्त्रण महत्वपूर्ण भएको उल्लेख गर्दै सहकारीले सामाजिक उत्तरदायित्व बहन गरेको उल्लेख गरे । कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, सहकारीका सल्लाहकार बाबुराम गिरी, छत्रधर आत्रेय र बलराम ढकाल लगायतले बोलेका थिए ।
पोखरा महानगरपालिकाको वडा नं. १४ स्थित बाच्छेवुडुवामा झण्डै ४ सय रोपनी जग्गामा गौतमको नेतृत्वमा पुष्करिणी गोकुलधाम (गौशाला) सञ्चालनमा आएको छ ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया