आदर्श टोलकाे अध्यक्षमा सोमनाथ

समाधान संवाददाता २०८० चैत ६ गते ११:४८

पोखरा ।
आदर्श टोल विकास संस्था पोखरा ६ को अध्यक्षमा सोमनाथ अधिकारी चयन भएका छन । संस्थाको प्रथम अधिवेशन तथा दोस्रो साधारणसभाले अधिकारीको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मति चयन गरेको हो ।

Advertisement


उपाध्यक्षमा कृष्णप्रसाद पौडेल, सचिव कविता अर्याल गौतम, कोषाध्यक्ष सुरज श्रेष्ठ र सहसचिवमा मैनादेवी रावत लम्साल छन् । सदस्यमा वीरबहादुर सुनार, सन्देश गौतम, पुरुषोतम न्यौपाने, गौमति थापा, रामबहादुर सुनार, दुर्गा पहारी, ईन्द्रबहादुर नौमाग, रजनि परियार, उषा गुरुङ, बाबुकाजी श्रेष्ठ र बुद्धिबहादुर क्षेत्री छन् ।


कार्यक्रममा टोल समन्वय समिति पोखरा ६ संयोजक गिरीराज अधिकारीले वडाका २७ टोल विकास संस्थामध्ये आदर्श पृथक रहेको जनाए । वडा सदस्य बासु बरालले उनले संस्थाले समाजमा रहेको विकृति विसंगतिसहित अन्धविश्वास हटाउन भूमिका निवाह गरिरहेको जनाए । नवनिर्वाचित अध्यक्ष अधिकारीले आमागी दिनमा स्थानीय सरकारसँग समन्वय गरी टोलबासीको आवश्यकता अनुसारका कार्यक्रम गर्ने प्रतिवद्धता गरे ।

Advertisement


संस्थाका अध्यक्ष धर्मबहादुर सुनारको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य सन्दीप विश्वकर्माले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया