फेवा महोत्सव सफल पार्न २१ उपसमिति

पोखरा ।
होटल संघ पोखरा नेपालले चैत २९ देखि आगामी वैशाख १ गतेसम्म आयोजना गर्ने १९ औं फेवा नव वर्ष महोत्सवलाई भव्य रुपमा सफल पार्न गठित विभिन्न उपसमितिहरुले आफ्नो कामलाई तीव्रता प्रदान गरेका छन् ।
महोत्सव सम्पन्न गर्न गठित मूल आयोजक समितिको हालै सम्पन्न पहिलो बैठकमा विभिन्न २१ वटा उपसमितिहरु गठन गरिएको महोत्सवका संयोजक एवं संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । उपसमितिका संयोजकहरुलाई जिम्मेवारी बाँडफाँडका अतिरिक्त लेकसाइडका सडक नम्बर अनुसार एरिया संयोजकहरु समेत तोकिएको छ ।
संघका उपाध्यक्षहरु दीपक श्रेष्ठ र गणेशराज पहारीलाई महोत्सवमा सहसंयोजकको जिम्मेवारी प्रदान गरिएको छ । महोत्सव प्रचारप्रशारको मुख्य जिम्मेवारी संघका महासचिव राजेन्द्र ढकालले पाएका छन् । संघका सबै पूर्व अध्यक्ष एवं सल्लाहकारहरुले महोत्सवको अनुगमन गर्ने छन् ।
बैठकले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिनुलाई सकारात्मक रुपमा लिएको थियो । उक्त खुसियाली तथा महोत्सवका अवसरमा संघ अन्तर्गतका होटलले आफ्नो प्रकाशित दरमा पाहुनाहरुलाई २० प्रतिशतसम्म छुट प्रदान गरिने आयोजक संघका अध्यक्ष एवं मूल संयोजक सुवेदीले जानकारी दिए ।
नेपली कला र मौलिक संस्कृतिको संरक्षण गर्दै नेपाली नयाँ वर्षलाई उल्लासपूर्ण रुपमा मनाउने उद्धेश्य सहित पोखराको फिस्टेल गेटदेखि हल्लनचोकसम्म यो महोत्सव आयोजना हुने छ । ड्यामसाइडमा समेत स्टल राखी विविध सांस्कृतिक कार्यक्रमहरु आयोजना हुने जनाइएको छ । अम्मट र सेन्टर प्वाइन्टमा पनि स्टेज निर्माण गरी कार्यक्रम हुने छन् । पर्यटन, संस्कृति र खानालाई महोत्सवमा मुख्य जोड दिइने छ ।
बैठकका अवसरमा संघका संस्थापक अध्यक्ष रमेशबहादुर भट्टराई, हानका केन्द्रीय सदस्य भरतराज पराजुली, हानका गण्डकी अध्यक्ष हरिप्रसाद शर्मा गैह्रे, संघका सल्लाहकारहरु गोविन्दराज पहारी, लक्ष्मीबहादुर भट्टराई लगायतले महोत्सवलाई सफल पार्न एकताबद्ध भएर अगाडि बढ्नुपर्ने सुझाव राखे । संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम संघका महासचिव राजेन्द्र ढकालले संचालन गरेका थिए ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया