कास्कीमा मुक्तक मञ्चको शाखा

समाधान संवाददाता २०८० चैत ६ गते १६:५१

पोखरा ।
नेपाली मुक्तकको उत्थानका लागि क्रियाशील मुक्तक मञ्च केन्द्रीय समिति मातहत कास्की शाखा गठन भएको छ । राजकुमार आचार्यको अध्यक्षतामा गठित समिति ११ सदस्यीय छ ।

Advertisement

समितिको उपाध्यक्षमा विना ढुंगाना, सचिव सुशन पौडेल, कोषाध्यक्ष माधव सुवेदी र सहसचिवमा सुष्मा अधिकारी छन् । सदस्यमा करण कपुर, खनाल कृष्ण, विपना हमाल, प्रमिला पौडेल, अर्जुन चापागाई र सुदीप कुवँर सर्वसम्मत बने ।


भेलामा मुक्तक मञ्च केन्द्रीय समितिका अध्यक्ष रामजीप्रसाद आचार्यले नेपाली मुक्तको उत्थान क्रियाशील संस्थाको कास्कीका समिति बनेकोमा बधाई दिए । उनले सबैमाझ लोकप्रिय मुक्तकको श्रीवृद्धि र विकास लागि योजनावद्ध प्रयास गर्न नवनिर्वाचित समितिलाई आग्रह गरे ।

Advertisement


यसैबिच मञ्चको कास्की शाखाले थमन परियार स्मृति प्रतिष्ठान नेपालसँग मिलेर मुक्तक प्रतियोगिता गर्ने भएको छ । चैत १७ गते हुने खुला मुक्तक प्रतियोगितामा सहभागी हुन १२ गतेभित्र मुक्तक पठाइसक्नुपर्ने छ ।


एउटा मुक्तक जातीय विभेद र अर्काे स्वतन्त्र विषय समेटिएका गरी २ मुक्तक पठाउनुपर्ने छ । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र चौथोले क्रमशः ११ हजार, ९ हजार, ७ हजार र ५ हजार नगदसहित प्रमाणपत्र पाउने छन् ।

Advertisement

तपाईको प्रतिक्रिया