चलचित्र ‘पुजार सार्की’को विषयमा संवाद

पोखरा ।
जातीय विभेदको विरुद्ध तीन पात्रले गरेको साझा संघर्षको कथा समेटेको निर्माणाधीन नेपाली चलचित्र ‘पुजार सार्की’ले उठान गरेका सामाजिक विषयवस्तु माथि सिने संवाद गरिएको छ ।
मिजार समाज नेपाल, गण्डकी प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा चलचित्रका तर्फबाट कलाकारहरू आर्यन सिग्देल, प्रदीप खड्का, निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी, निर्माता सुभाष भुसाल लगायतको सहभागिता छ । एउटा कालखण्डमा पोखरा महानगरपालिका वडा नम्बर २४ कास्कीकोटमा भएको अन्तरजातीय विवाहको कथामा आधारित निर्माण गरिएको चलचित्रले उठान गरेका विषयवस्तु माथि संवाद गरिएको निर्देशक राउतले जानकारी दिए ।
‘कास्कीकोटका मार्कण्य अधिकारीले सार्की परिवारकी चेली ‘कली’सँग अन्तरजातीय प्रेमविवाह गरेका थिए,’ उनले भने, ‘जसको कारण अधिकारी कुल खान्दान र समाजबाट बहिष्कृत भए । पछि जात, थर त्यागेर पुजार सार्कीको पहिचानमा बाँचे । पुजार र कली आज यो लोकमा छैनन् ।’ उनले यही सामाजिक सत्य घटनामा आधारित चलचित्रले उठाएका विषयवस्तु माथि सरोकारवाला बीच खुला अन्तक्र्रिया र सिनेमा संवाद गरिएको बताए । चलचित्रमा अभिनेताहरु सिग्देल साथमा खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु लगायत कलाकारले अभिनय गरेका छन् ।
अन्तर्राष्ट्रिय जाति तथा रंगभेद उन्मूलन दिवसको सन्दर्भमा भएको कार्यक्रममा संविधान सभा सदस्य दिलबहादुर नेपालीले चलचित्रले अन्तरजातीय विवाह सम्बन्धी मर्मस्पर्शी सामाजिक कथालाई प्रमुख विषय बनाएको बताए । उनले कथित उच्च जातीले अन्तरजातीय विवाहलाई सहज रुपमा स्वीकार नगर्नु सामाजिक समस्याको रुपमा रहेको उल्लेख गरे ।
संवादमा अभिनेता सिग्देलले जातीय विभेद गर्नु अन्धविश्वास मात्र भएको बताए । अभिनेता खड्काले आफू काठमाडौंमा जन्मेहुर्केका कारण यस प्रकारका कथाहरू सुनेको भएता पनि पहिलो पटक भोगेको प्रतिक्रिया दिए । उनले आफूले अभिनय गरिरहँदा ‘मैत बहादुर’ पात्रभित्र नै प्रवेश गरेको हुँदा आफ्नै कथा जसरी नै अभिनय गरेको उल्लेख गरे । खड्काले जातका आधारमा हुने विभेद आजको युगमा सहनै नसकिने अपराध भएको बताउँदै यो विभेद हटाउन सबै चेतनशील नागरिकबीच एकता हुन आवश्यक रहेको चर्चा गरे ।
लेखक सुवेदीले आफ्नो आँखाले देखेको कथालाई चलचित्रको कथामा रुपमा रुपान्तर गरेको जानकारी दिए । कार्यक्रममा चलचित्र युनिटलाई सम्मान पनि प्रदान गरिएको थियो । चलचित्र छायांकनको अन्तिम चरणमा छ । यसको छायांकन कास्कीको पोखरा २४ कास्कीकोट र आसपासमा चलिरहेको छ ।








राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
कास्कीमा एक महिनामा १८६ मुद्दा दर्ता, फरार प्रतिवादीबाट ३५ लाख बढी असुल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया