श्रीमानकाे हत्या गर्न श्रीमतीको सुपारी

पोखरा ।
कास्कीको सिक्लेसमा मृत भेटिएका सिन्धुपाल्चोक जगुल गाउँपालिका वडा नम्बर ३ गुम्बाका रामलाल तामाङको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । तामाङको शव चैत ३ गते कास्कीको मादी गाउँपालिका वडा नम्बर १ को सिक्लेसमा भेटिएको थियो ।
तामाङको हत्या गरी फरार रहेको आशंकमा उनकी श्रीमतीसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको कास्की प्रहरीका निमित्त निमित्त सूचना अधिकारी तिलक मानन्धरले जानकारी दिए ।
पक्राउ पर्नेमा श्रीमती च्याङ्मा तामाङ, धनबहादुर लामा, नवीन तामाङ र अजित तामाङ छन् । उनीहरुलाई विभिन्न मितिमा विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । चैत ३ गते मादीमा २ निर्माणाधीन जलविद्युत आयोजना जाने बाटोभन्दा तल स्थानीयले शव देखेपछि वडाध्यक्ष देवीजंग गुरुङलाई खबर गरेका थिए । वडाध्यक्ष गुरुङले प्रहरीलाई खबर गरेका थिए ।
कसरी गरियो हत्याको शंका ?
जिल्ला प्रहरी कार्यालयका एक प्रहरीका अनुसार एक जनाले रामलालको शव देखेपछि उनलाई चिनेको र उनको साथमा अन्य ३ जना साथ रहेको जानकारी प्रहरीलाई दिएका थिए । रामलालको मृत्युमा प्रहरीले कहिँकतै उजुरी नपरेपछि हत्याकै आशंका गरेको थियो ।
शव फेला परेको दिन भेटिएका व्यक्तिले बसमा रामलालसँग चिनजान भएको प्रहरीलाई बताएका थिए । ती व्यक्तिले चिप्ली गाउँमा बसबाट झरेर खाजा खाएको पनि सुनाएका थिए । त्यसपछि प्रहरीले सिसी क्यामरा हेरेको थियो । हत्याको आरोप लागेकाहरु काठमाडौं पुगेका थिए । श्रीमान्को हत्या गर्न श्रीमती च्याङ्मा तामाङले सुपारी दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
सिक्लेस आउनुअघि रामलाल सिन्धुपाल्चोकमा एस्काभेटर चलाउँथे । चैत ३ गते शव भेटिएको दिन प्रहरीले उनको साथबाट एस्काभेटरको चाबीसमेत फेला पारेको थियो । प्रहरी अनुसन्धानबाट श्रीमतीको अरुसँग सम्बन्ध रहेको र श्रीमानलाई हत्या गर्न योजना बनाएको खुलेको छ । उनको विवाहेत्तर सम्बन्ध रहेका पुरुषसमेत पक्राउ परेको प्रहरीले जनाएको छ ।









रास्वपा र बालेनबीच पार्टी एकता : रवि सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया