पुम्दीमा ‘पाइनँ खबर साँझ’ हुने

पोखरा ।
इन्द्रेणी थिएटरले पोखराको पुम्दीभुम्दीमा ‘पाइनँ खबर साँझ’ आयोजना गर्ने भएको छ । अग्रज लोक गायिका हरिदेवी कोइरालाको कालजयी गीत ‘पाइनँ खबर, घर फर्की आउनू है मेरो हजुर’लाई केन्द्रमा राखेर कार्यक्रमको आयोजना हो । कार्यक्रम आगामी शनिबार साँझ ३ बजेबाट सुरु हुनेछ ।
साँझमा हरिदेवी कोइरालालाई पदमराज ढकाल, दिलीप गायक, नवराज बराल, महेन्द्रराज बराल, रामजी पौडेल, विष्णु बराल, श्रीधर कँडेल लगायतले साथ दिनेछन् । सबै महत्वपूर्ण कार्यक्रम मुख्य बजा क्षेत्रमै हुने भएकाले ग्रामीण क्षेत्रका बासिन्दालाई त्यस्ता कार्यक्रममा सहभागिता जनाउन सकस हुने भएकाले यसपटक पुम्दीबासीलाई प्राथमिकतामा राखेर कार्यकम आयोजना गरिएको कार्यक्रम संयोजक एवं थिएटरका अध्यक्ष केदार पौडेलले बताए ।
‘गाउँमै पनि एउटा स्तरीय कार्यक्रम गर्न सकिन्छ र गाउँमा पनि दर्शक छन् भन्ने प्रमाणित गर्न पनि कार्यक्रम महत्वपूर्ण हुने छ, संयोजक पौडेलले भने । प्रत्यक्ष वाद्यवाधनमा हुने कार्यक्रममा करिब ५ सय जना पुम्दीबासीको सहभागिता रहने पौडेलले जनाए ।







पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया