मनोसामाजिक क्षेत्रमा बजेट माग

समाधान संवाददाता २०८० चैत ११ गते ११:३९

पोखरा ।
कोशिश कास्कीले मानसिक तथा मनोसामाजिक अपांगताको क्षेत्रमा बजेट बिनियोजन गर्न र प्राथमिकतामा राख्न माग गरेको छ । शुक्रबार संस्थाले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र सामाजिक बिकास मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै उक्त माग गरेको अध्यक्ष अर्जुन सुनारले जानकारी दिए ।

Advertisement


ज्ञापन पत्रमा प्रदेशमा मानसिक स्वास्थ्य सेवामा टेलिहेल्थ सेवालाई स्थानीय अस्पतालमा जोड्न, प्रदेश स्तरीय स्वास्थ्य संस्थामा जनशक्ति, भौतिक संरचना तथा औषधीको व्यवस्थापन गर्न, बिमाबाट उपलब्ध औषधिको ब्यवस्थापन गर्न, मानसिक स्वास्थ्यसम्बन्धी कर्मचारी र स्वास्थ्यकर्मीलाई तालिम दिन अनुरोध गरिएको छ ।


जनस्वास्थ्यका सबै कार्यक्रममा मानसिक स्वास्थ्य सेवालाई एकीकृत गर्न, वार्षिक बजेटको परिचालन गरी मानसिक स्वास्थ्यको क्षेत्रमा कार्यरत गैह्रसरकारी तथा निजी सस्थासँग साझेदारी गर्न, एक विद्यालय एक मनोविमर्शकर्ता व्यवस्था गर्नसमेत माग गरिएको छ ।

Advertisement


स्वास्थ्य मन्त्रालयका उपसचिव चण्डिका पौडेलले मागहरु सकारात्मक भएको बताए । उनले मागका बिषयमा छलफल हुने र कार्यन्वयनका लागि पहल गर्ने आश्वासन दिए । गएको कात्तिकमा कास्कीमा कोशिश कास्की दर्ता भएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया