माछापुच्छ्रेमा तालिम

समाधान संवाददाता २०८० चैत ११ गते १३:०४

पोखरा ।
पोखरा महानगरपालिकाको वडा नं. ८, दमकलमार्ग, न्युरोड स्थित माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाले सहकारी शिक्षा तालिम आयोजना गरेको छ । पोखरा १६ मा पर्ने ढिकीडाँडामा कार्यक्रम भएको हो ।

Advertisement


कार्यक्रममा उक्त सहकारीको सञ्चालक समिति, सल्लाहकार समिति, लेखा सुपरीवेक्षण समिति, शिक्षा उपसमिति, महिला उपसमिति र कर्मचारीको सहभागिता थियो । २ चरणमा सञ्चालित कार्यक्रमको पहिलो चरणमा परिचयात्मक कार्यक्रम र दोस्रो चरणमा कास्की बचत संघका पूर्व अध्यक्ष एवं विशाल बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख सुदीप ढकालले सहकारी संस्थाका सञ्चालक समितिका काम, कर्तव्य र अधिकारका तालिम प्रदान गरिनुका साथै वर्तमान अवस्थाका समस्या र तिनको निराकरणको उपायका बारेमा चर्चा गरेका थिए ।


संस्थाका अध्यक्ष पुष्पराज पराजुलीको अध्यक्षतामा सचिव तोयनाथ लामिछाने, संरक्षक हेडम्बराज पराजुली, सल्लाहकारहरु सुशीलराज पराजुली, कुसुमकेशव पराजुली, डा वीरबहादुर कार्की, कोषाध्यक्ष प्रकाश पौडेल, उपाध्यक्ष वर्षाकेशव पराजुली लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया