अनुभव साट्दै सामुदायिक सेवा केन्द्र बगर

पोखरा ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा १ बगरले मैत्रीपूर्ण अवलोकन भ्रमण गरेको छ । नुवाकोटको नुवाकोट दरवार, ऐतिासिक धार्मिक स्थल देवी घाट, वनदेवी मन्दिर, जिल्ला प्रहरी कार्यालय रसुवा, धुन्चे, नेपाल चीनको सिमाना रसुवागढीका महत्वपूर्ण ठाउँ टोलीले अवलोकन गरेको छ ।
केन्द्रले हरेक वर्ष गरेका कार्यक्रमको अनुभव साटसाट र त्यस क्षेत्रमा रहेका सामुदायिक र प्रहरी कार्यालयका गतिविधिबारे जानकारी लिने उद्देश्यले अवालोकन भ्रमण गर्दै आएको सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा वगरका अध्यक्ष रामप्रसाद अधिकारीले जानकारी दिए ।
‘विशेष गरी ती जिल्लामा भएका सामुदायिक सेवा केन्द्रका वारेमा जानकारी लिई अनुभव साटासट गर्ने उद्देश्यले अवलोकन भ्रमण रहेको थियो,’ अध्यक्ष अधिकारीले भने, ‘धेरै जिल्लामा सामुदायिक सेवा केन्द्र गठन हुन नसेको भएका पनि सक्रियता नभएकाले सामुदायिक सेव केन्द्र स्थापन र सक्रिया बढाउन आवश्यक रहेको छ ।’
त्यस अवसरमा जिल्ला प्रहरी कार्यालय रसुवामा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक सुवास वुढाथोकीले कास्की जिल्लामा सामुदायिक प्रहरीको सक्रियताको अरु जिल्लाले पनि सिको गर्नुपर्ने बताए ।
‘कास्की जिल्लामा गठन भएका सामुदायिक प्रहरी सेवाको सक्रियताबारे नजिकबाट नियाल्ने अवसर मिलेको थिएन, आज रसुवामा नै आएर त्यहाँको वारेमा जानकारी लिने मौका मिल्यो,’ प्रहरी उपरीक्षक बुढाथोकीले भने, ‘समुदायिकसँग प्रहरीको समन्वय गर्नका लागि हरेक जिल्लामा सामुदायिक सेवा केन्द्र आवश्यक रहेको छ ।’
रसुवामा सामुदायिक सेवा केन्द्र नरहेको उल्लेख गर्दै उनले समुदायसँग नजिक हुनका लागि प्रत्येक घरमा प्रहरीको महत्वपूर्ण फोन नम्बरसहितको स्टिकर टास्ने अभियान गरिएको जानकारी दिए । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा वगरका पूर्व अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम श्रेष्ठले सामुदायिक सेवा केन्द्र बगरले गरेका गतिविधि जानकारी दिए ।
सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरकी पूर्व अध्यक्ष तथा सल्लाहकार जीवन अधिकारीले समुदाय र प्रहरी बीचको समन्वमा समाजका विकृति विसंगति न्यूनीकरण गर्न सहजता हुने बताइन् । अवलोकन भ्रमणमा ३४ जनाको सहभागिता रहेको सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक कृष्णबहादुर तामाङले जानकारी दिए । कार्यक्रमको सहजीकरण प्रहरी वरिष्ठ नायब निरीक्षक होतबहादुर रोकाहले गरेका थिए ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया