भुकम्प प्रतिरोधात्मक भवन निर्माण सम्बन्धि तालिम

लेखनाथ ।
लेखनाथ निर्माण व्यवसायी समितिले मजदुरहरुका लागि भुकम्प प्रतिरोधात्मक भवन निर्माण सम्बन्धि ७ दिने तालिम सुरु भएको छ । भवन निर्माण गर्दा महानगरपालिकाले लागु गरेको आचारसंगिताको पूर्ण रुपले पालना गर्न मजदुरहरुलाई गुणस्तरिय निर्माणका बारेमा व्यवहारिक र प्रयोगात्मक तालिम दिन लागेकाे हो ।
मंगलबार देखि सुरु भएको तालिमको सुभारम्व गर्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले जुन सुकै निर्माणका लागि विधि र प्रविधिको प्रयोग गरि सरकारले अगाडी सारेको भवन निर्माण आचारसंगितालाई पुर्ण रुपमा पालन गर्नका लागि अनुरोध गरेको छ ।
सोही अवसरमा पोखरा महानगरपालिकाका ईन्जिनियर मनोज वाग्लेले भवन निर्माण गर्ने तौर तरिकालाई आत्मसाथ गर्दै नाफाका लागि कमसर सामाग्रीको प्रयोग नगरी गुणस्तरिय सामाग्रीको प्रयोग गर्नु सुझाव दिएका थिए ।
समितिका अध्यक्ष प्रेमबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा ईको व्रिक्सका संचालक भरतराज ओझा, समितिका सस्थापक अध्यक्ष किसानसिंह गुरुङ, निवर्तमान अध्यक्ष रामबहादुर गुरुङ, वरिष्ठ सल्लाहाकार कर्णबहादुर सुनार लगाएतले बलियाे भवन निर्माणका लागि प्रदान गरिएको तालिममा सिकेका कुरालाई पूर्ण रुपमा पालन गर्न अनुरोध गरेका थिए ।
समितिका बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक भीमबहादुर नेपाली काईरालाले तालिमको उद्देश्य र उपयोगिताका बारेमा जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन सचिव जिवनकुमार परियारले गरेका थिए । सात दिनसम्म चल्ने तालिममा पोखरा महानगरपालिकाका ईन्जिनियर जगननाथ कोईराला, सुरेन्द्र पौडेल, नेत्र तिमिल्सेना, मनोज वाग्लेले सहजिकरण गर्ने छन् ।









कोठेगाउँमा बाँसका सामग्री बनाउनेको संख्या घट्दै
कास्कीमा १७ हजार बढी नयाँ मतदाता थप
सामुदायिक सेवा केन्द्रलाई सहयोग
‘विद्यार्थीलाई साइबर अपराधबाट जोगाऔं’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया