एमाले कास्की सदस्यमा ७ जना सर्वसम्मत निर्वाचित

पोखरा ।
नेकपा एमाले कास्कीको ११ औं जिल्ला अधिवेशनबाट ७ जना सर्वसम्मत निर्वाचित भएका छन् । निर्वाचन मण्डलले सार्वजनिक गरेको समयमा अन्यको उम्मेदवारी दर्ता नपरेपछि ७ जना जिल्ला सदस्यमा सर्वसम्मत निर्वाचित भएको जनाइएको छ ।
सर्वसम्मत सदस्यमा निर्वाचित हुनेमा अपांगतातर्फ गंगाबहादुर खड्का हुन् । यो कलस्टरमा अन्यको उम्मेदवारी नपरेपछि उनी सर्वसम्मत सदस्य निर्वाचित भएको निर्वाचन मण्डलले जनाएको हो ।
बुद्धिजिवी कलस्टमा दुर्गा भण्डारी र विजय शर्मा सर्वसम्मत निर्वाचित भएका छन् । यस्तै, मादी गाउँपालिकाबाट महिलातर्फ दुई जना सर्वसम्मत भएका छन् । मादी गाउँपालिकाकी उपाध्यक्षण्(जनप्रतिनिधि) कल्पना गुरुङ सर्वसम्मत निर्वाचित भएकी छिन् । गुरुङसँगै विष्णुमाया पौडेल मादीबाट महिला क्लष्टबाट सर्वसम्मत निर्वाचित भएका हुन् ।
रुपा गाउँपालिकाबाट पनि महिला क्लष्टमा दुई महिला सर्वसम्मत निर्वाचित भएका छन् । कशिरना मियाँ र हिताकुमारी रुपाखेती ‘सार्की’ जिल्ला सदस्यमा निर्वाचित भएका हुन् ।
यस्ताे छ, विवरण









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया