प्रजातन्त्र सेनानी अग्निलालको सम्झना

समाधान संवाददाता २०८० चैत १४ गते ११:२७

पोखरा ।
प्रजातन्त्र सेनानी अग्निलाल बरालको श्रद्धाञ्जली सभा सोमबार भएको छ । गएको फागुन ३० गते निधन भएका बरालको १३ औं दिनको पुन्यतिथिमा सभा आयोजना गरिएको हो ।

Advertisement


नेपाली कांग्रेस पोखरा महानगर कार्यसमितिको आयोजनामा भएको सभामा कांग्रेस गण्डकी प्रदेशका अध्यक्ष शुक्रराज शर्माले २००७ सालदेखि हालसम्म प्रजातन्त्र स्थापनामा बरालको योगदान महत्वपूर्ण रहेको स्मरण गरे । शर्माले बरालले समाजमा निर्वाह गरेको सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक भूमिका उल्लेखनीय रहेको जनाए ।


कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले अग्निलाल महान योद्ध भएको विचार राखे । अग्निलालका छोरा हेमराजले आफ्ना बुबा वास्तवमै परिर्वतनकारी र प्रेरणादायक भएको स्मरण गरे । बुबाले देखाएको सतमार्गमा अविचलित ढंगले लागि पर्ने उनको प्रतिवद्धता छ ।

Advertisement

नेपाली काँग्रेस पोखरा महानगर समिति सभापति सुरेन्द्रमान बिजुक्छेको अध्क्षयतामा भएको कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला, नेपाली कांग्रेस पूर्व क्षेत्रीय सभापति शोभाचन्द्र बराल, नगारिक समाज कास्कीका संस्थापक अध्यक्ष रामबहादुर पौडेल, कांग्रेस पोखरा महानगर सचिव टुकराज बास्तोला, कांग्रेस पोखरा ७ का सचिव दामोदर बराल लगायतले बोलेका थिए ।


पोखरा ७ नुवारथोकमा घर भएका अग्निलालको पोखराको मणिपाल शिक्षण अस्पतालमा फागुन ३० गते ९० वर्षमा निधन भएको थियो । उहनका ५ छोरा, ८ छोरी, नातिनातिना र पनातिपनातिना छन् ।

Advertisement

तपाईको प्रतिक्रिया