रंगमञ्च दिवसमा कविता मञ्चन

पोखरा ।
पोखरामा विश्व रंगमञ्च दिवस कविता मञ्चन कार्यक्रम गरी मनाइएको छ । पोखरा थिएटरको आयोजनामा भएको ‘रंगमञ्चमा कविता’ कार्यक्रममा कवि राजु स्याङ्तानका ३ कविता मञ्चन गरिएको हो ।
नारायण न्यौपानेको परिकल्पना र निर्देशनमा भएको मञ्चन कार्यक्रममा न्यौपानेसहित कुमार तामाङ र ज्यास्मिन नेपालीले कविता वाचन गरेका थिए । कवितामाथि रंगकर्मी रमेशबाबु तिमल्सिना, रोशनी रामदाम, अनुशा परियार, मिलन श्रेष्ठ र रोहित पौडेलले अभिनय गरेका थिए ।
कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त श्रेष्ठले रंगमञ्च दिवसको विश्व सन्देश वाचन गरेका थिए । रंगमञ्चका विविध पक्षका बारेमा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विक, संस्कृतिकर्मी डा तुलसी प्रभास, शिक्षासेवी अरुणा शेरचन, पोखरा थिएटरका अध्यक्ष परिवर्तन, इन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेल, रेनेसा थिएटर अध्यक्ष एमडी काफ्ले, पद्यमा थिएटरका सुमन कार्की, पोखरा थिएटरका संस्थापक सदस्य दीलप्रसाद गुरुङ र सञ्चारकर्मी रघुनाथ वाग्लेले बोलेका थिए ।








सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया