ठूलाकोटमा अक्षरयात्रा

पोखरा ।
अक्षरयात्राको २ सय ९ औं शृंखला पोखरा २८ को पर्यटकीय स्थल ठूलाकोटमा भएको छ । ॅजीवन र जगतको यथार्थ बोधका लागि अक्षरयात्रा’ भन्ने उद्घोषका साथ अक्षरयात्रीहरुले त्यहीको परिवेश समेटेर गरेका सिर्जना कार्यक्रममा सुनाएका थिए ।
गजल सन्ध्या पोखरा र नवनीत साहित्य सागरको आयोजनामा हुँदै आएको अक्षरयात्राको यो शृंखलामा लायन्स क्लब अफ पोखरा कालिका भ्यु टाउन स्थानीय आयोजक बनेको थियो ।
गजल सन्ध्या पोखराका अध्यक्ष मन क्षत्री र लायन्स पोखरा कालिका भ्यु टावरका अध्यक्ष दिनेशबाबु खड्काको संयुक्त अध्यक्षतमा भएको कार्यक्रममा सर्जकहरुले ठूलाकोट, कालिका, माझठानाका सुन्दरता, सम्भावना र समसामयिक विषयमा रचनामा उतारेका थिए ।
ठूलाकोटबाट कास्कीको विभिन्न भाग देखिन्छन् । ठूलाकोट कुलमण्डल शाहका साइला छोरा चैतु शाहको राज्य मानिन्छ । कार्यक्रम संयोजक लक्ष्मण तिमिल्सिनाले मुक्तक सुनाएर रचनावाचन सुरुवात गरेका थिए ।
कार्यक्रमाम मुक्तक मञ्चका पोखराका उपाध्यक्ष श्रीराम अधिकारी गोर्जे, गजल सन्ध्या पोखराका कोषाध्यक्ष विष्णु सुवेदी, कवि अमृत क्षेत्री लगायतले बोलेका थिए ।








भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
लोक–रकबाट नेपाली पहिचान उचालेका अमृत गुरुङ पोखरा रत्न
लेखनाथका समाजसेवी उद्यमी चन्द्रकृष्ण कर्माचार्य पोखरा रत्न
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया