गणपति लघुवित्तमा सिप विकास तालिम

समाधान संवाददाता २०८० चैत १८ गते १२:२७

पोखरा ।
गणपति लघुवित्त वित्तिय संस्था लिमिटेडले ग्राहक, सदस्यहरुको सीप तथा क्षमता विकास गर्न आयोजना गरिएको सिप विकास तालिम सकिएको छ । संस्थाका चार वटा शाखाले शनिबार तीन शिर्षकमा तालिम दिएका हुन् ।

Advertisement


बिजयपुर शाखा कार्यालयले व्यवसायिक तरकारी खेती तालिम दिएको छ । तालिममो उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद ढकालले गरे भने तालिमको प्रशिक्षण विषय विज्ञ दामोदर अधिकारीले दिए ।


बेलचौतारा शाखा तनहुँले व्यवसायिक कुखुरा पालन सम्बन्धि तालिम दिएको थियो । तालिम प्रशिक्षण शुक्लागण्डकी नगरपालिकाको पशु शाखामा कार्यरत सम्बन्धित विषय विज्ञहरुले दिएका थिए ।

Advertisement


औंराबनी सुनसरी र यसम ओखलढुंगा शाखाल व्यवसायिक बाख्रा पालन दिएको थियो । तालिम प्रशिक्षण गाउँपालिका पशु शाखामा कार्यरत विषय विज्ञहरुले दिएका दिए ।


तालिमले सदस्यहरुको व्यवसायिक क्षमता वृद्धि हुने अपेक्षा लिएको संस्थाले बताएको छ । तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

Advertisement


संस्थाले हालसम्म २१ वटा सीप विकास तालिम र करिब ६०० जनालाई प्रदान गरिएका विकास तथा प्रर्वद्धन विभाग प्रमुख प्रभुराज थापाले जनाए । सदस्यहरुको व्यवसायिक क्षमता अभिवृद्धी गर्न थप तालिम सञ्चालन गर्ने उद्देश्य रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया