संस्कृति संरक्षण गर्न कौरा प्रतियोगिता

दमौली ।
नयाँ वर्ष २०८१ को अवसरमा तनहुँको भिमाद नगरपालिका–५ स्थित मिछुर्लुङमा मौलिक खुला कौरा प्रतियोगिता हुने भएको छ । मिछुर्लुङ पर्यटन विकास समितिको आयोजनामा आगामी वैशाख १ गते मौलिक कौरा प्रतियोगिता हुन लागेको हो ।
मगर समुदायको लोकप्रिय मौलिक नाच कौराको संरक्षण गरी गाउँ पर्यटन प्रवद्र्धन गर्ने र पर्यटन गतिविधिबाट स्थानीयको आयआर्जन वृद्धि गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको समितिका अध्यक्ष नरेन्द्र थापाले जानकारी दिए ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार पुरस्कार प्राप्त गर्नेछ । समूहमा घटीमा १५ र बढीमा २० जना हुनुपर्ने उनले बताए ।
कार्यक्रममा लोकदोहोरी गायक राजु परियार र गायिका शिला आलेको सांस्कृतिक कार्यक्रम समावेश गरिएको प्रतियोगिताका सहसंयोजक हर्कबहादुर रानाले जानकारी दिए । मगर लाफा भिलेजका साथै मिछुर्लुङ साँस्कृतिक समूहको सहआयोजनामा हुने उक्त प्रतियोगितामा १५ समूहको सहभागिता रहने छ । मगर समुदायको कौरा, झ्याउरे र अर्गानिक परिकार मिछुर्लुङको विशेषता हो ।









नयाँ वर्ष मनाउन लेकसाइडकै सडकमा निम्तो
गृहद्वारा १५ सहसचिव र उपसचिवको सरुवा, गण्डकीका ३ जिल्लामा नयाँ सिडिओ
पोखराको पामेमा राष्ट्रिय अटोक्रस च्याम्पियनसिप: ३६ राइडरबिच प्रतिष्पर्धा
कांग्रेसमा विशेष महाधिवेशनको दबाब: महामन्त्री थापालाई बुझाइयो स्मरण पत्र, पुस २८ सम्मको समयसीमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया