तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ छिचोलियाे

समाधान संवाददाता २०८० चैत १८ गते १४:०४

तनहुँ ।

ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५को सीमाना भएर बग्ने सेती नदीको पानीलाई प्रयोग गरी निर्माणाधीन १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ छिचोलिएको छ।

Advertisement

ऊर्जा, जलस्रोत तथा सिंचाइ सचिव गोपालप्रसाद सिग्देल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवं तनहुँ हाइड्रोपावर सञ्चालक समिति अध्यक्ष कुलमान घिसिङले आइतबार संयुक्त रूपमा स्विच दबाएर बिस्फोट गराएपछि मुख्य सुरुङ ब्रेक थ्रु भएको हो।

आयोजनाको प्याकेज–२ अन्तर्गत जलाशयको मुहान (इनटेक)बाट सुरू भई पेनस्टक पाइप रहने स्थानसम्मको १४९३ मिटर लामो सुरूङ ब्रेक थ्रु छ।

Advertisement

तपाईको प्रतिक्रिया