भोलि १९ गते सोमबार सेती नदीको बाँध खोलिने

पोखरा ।
सेती नदीमा हाम फालेका एक जनालाई खोज्न प्रहरीले भोलि १९ गते सोमबार सेती नदी ड्याम खोल्ने भएको छ । पोखरा ११ बस्ने सुगम बास्तोला पोखरा महानगरपालिका वडा नम्बर ३ स्थित नदीपुर पुरानो पुलबाट फागुन १८ गते हाम फालेर वेपत्ता छन् । उनको खोजी कार्य गरेपनि भेटिएको छैन । यसअघि पनि परिवारको आग्रहमा सेती नदी बाँध थुनेर खोलिएको थियो ।
पुरानो पुलबाट सेती नदीमा हाम फाली वेपत्ता भएको र नेपाल प्रहरीको उद्दार टोलीले घटना स्थलमा खोजतलास गर्दा समेत उनलाई भेटिएको छैन । सोमबार पुन उनको खोजी कार्य गर्ने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको हो । बाँध खोल्ने दिउँसो १ बजेको समयमा सेती नदीमा पानीको बहाव बढ्न सक्ने हुँदा नदी वरीपरी काम गर्ने तथा आवतजावत गर्ने मानिसहरु चनाखो रहन प्रहरीले आग्रह गरेका छ ।
‘त्यो समयमा नदी किनारामा कुनै कार्य नगर्नु होला । नदिको किनारमा नजानु हुन र सुरक्षा सतर्कता अपनाउनु हुन सबैको लागि यो सूचना प्रकाशन गरिएको छ,’ प्रहरीले प्रकाशन गरेको विज्ञप्तिमा भनेको छ ।








सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया