पाेखराबाट भदाैरे जाँदै गरेकाे जिप दुर्घटना

समाधान संवाददाता २०८० चैत १८ गते १७:०८

पोखरा ।
कास्कीको अन्नपूर्ण गाउँपालिका ४ भदौरेमा जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । पोखराबाट भदौरेतर्फ जाँदै गरेको ग १ ज ५५४७ नम्बरको जीप आइतबार दिउँसो ३ः३० बजे दुर्घटना भएको हो ।

Advertisement

घाइतेको उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइँदै गरेको कास्की प्रहरीले बताएको छ । दुर्घटना सम्बन्धि थप विवरण आउन बाँकि रहेको प्रहरीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया