कास्कीको थमाकोडाँडामा जिप दुर्घटनाः २ जनाको मृत्यु
समाधान संवाददाता
२०८० चैत १८ गते १८:३६

पोखरा ।
कास्कीको अन्नपूर्ण गाउँपालिका ४ थमाकोडाँडामा आइतबार दिउँसो जिप दुर्घटना भएको छ । दुर्घटनामा १२ यात्रु मध्ये दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाउको छ । पोखराबाट भदौरे जाँदै गरेको ग १ ज ४५४७ नम्बरको जिप सल्लाघारीमा सडकबाट करिब दुई सय ५० मिटर तल खसेको छ । घाइतेलाई मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्यबहादुर रानाले घाइतेलाई उद्धार गरी अस्पतालमा ल्याइएको जानकारी दिए । घाइतेको परिचय खुल्ने क्रममा रहेको जनाएका छन् । अन्नपूर्ण –४ का वडाध्यक्ष आइन्दल गुरुङले सबै घाइतेलाई अस्पताल पठाइसकिएको बताए ।
सम्बन्धित







सामुदायिक सेवा केन्द्रलाई सहयोग
‘विद्यार्थीलाई साइबर अपराधबाट जोगाऔं’
कृषिबाट पर्यटनतर्फ ठिनी
चिप्लेढुंगामा केएफसी सञ्चालन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया