स्पोर्ट्स अवार्डलाई ११ उपसमिति

समाधान संवाददाता २०८० चैत १९ गते १२:५३

पोखरा ।
आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०८० को तयारीलाई तीव्रता दिइएको छ । आगामी वैशाख २१ गते हुने कार्यक्रमको तयारी स्वरुप आइतबार आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीमा आवद्ध सदस्यको भेला भएको छ ।

Advertisement


भेलाका सहभागीहरुले कार्यक्रमलाई ‘ब्रान्ड’का रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए । भेलाले मञ्च अध्यक्ष दीननाथ बराल संयोजक रहेको मुल आयोजक समिति तथा विभिन्न ११ उपसमितिका संयोजक र सहसंयोजक समेत चयन गरेको छ । मञ्चका महासचिव राजाराम पौडेलले आर्थिक संकलन उपसमितिको संयोजक कविता घर्ती मगर र सहसंयोजक शशिकुमार पौडेल रहेको जनाए ।


प्रचारप्रसार उपसमितिको संयोजकमा राजाराम पौडेल, सहसंयोजक विजय नेपाल र सदस्यमा रिखिराम जिसी, धनबहादुर गुरुङ सुमन, विजय नेपाली छन् । अन्तर्राष्ट्रिय समन्वय उपसमितिको संयोजकमा केशव पाठक र सहसंयोजकमा सुर्दशन रञ्जित, स्वागत सत्कार उपसमितिको संयोजकमा एकराज गिरी र सहसंयोजकमा फडिन्द्र अकिञ्चन छन् ।

Advertisement


स्वयंसेवक परिचालन उपसमितिको संयोजकमा मानबहादुर घर्ती र सहसंयोजकमा राम गुरुङ, फोटोग्राफी तथा भिडियोग्राफी उपसमितिको संयोजकमा उमेश पुन र सह–संयोजकमा वसन्त शेर्पा छन् ।


मञ्च व्यवस्थापन समितिको संयोजक सन्देश श्रेष्ठ र सहसंयोजकमा धनबहादुर गुरुङ सुमन, सांस्कृतिक कार्यक्रम उपसमितिको संयोजकमा मन क्षेत्री र सहसंयोजकमा सुशील नेपालीलाई जिम्मेवारी दिइएको छ ।

Advertisement


संघ, संस्था समन्वय उपसमिति संयोजकमा रोहितराज पराजुली र सहसंयोजकमा कृष्ण दवाडी, मूल्याकंन तथा अनुगमन उपसमिति संयोजकमा रामकृष्ण ज्ञवाली र सहसंयोजकमा गणेश बराल, क्विक रेसपोन्स उपसमिति संयोजकमा राजु गिरी र सहसंयोजकमा अर्जुन गाहा सुशान्त छन् ।


उपसमितिले आवश्यकताका आधारमा सदस्य थप गर्ने छ । कार्यक्रममा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिनेछ ।

तपाईको प्रतिक्रिया