सवारी दुर्घटना घटाउन सचेतना जरुरी

पोखरा ।
नेपाल यातायात स्वतन्त्र मजदूर संगठन निजी तथा आवासीय विद्यालय महानगर कमिटी पोखराले शनिबार सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ । समारोहमा कमिटीले प्रकाशन गरेको २०८१ को भित्तेपात्रोसमेत सार्वजनिक गरियो ।
कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय कास्कीका नायब निरीक्षक भीमबहादुर खत्रीले ट्राफिक नियम तथा सवारी दुर्घटना न्यूनीकरणबारे सहजीकरण गरे । प्रतिनिधि सभाका सदस्य दामोदर बैरागीले सरोकारवाला सबैले सवारी नियमको पालना गरे सवारी दुर्घटना न्यूनीकरण गर्न सकिने बताए । मानवीय कारणले मात्र नभएर सवारी साधन तथा सडक पूर्वाधारको अवस्थाले सवारी दुर्घटना हुने उनले उल्लेख गरे ।
‘देशको सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित गर्नुपर्छ,’ उनले भने, ‘यातायात क्षेत्रमा श्रमिकको सुरक्षाको प्रत्याभूति, लगानीको संरक्षण र यात्रुलाई गुणस्तरीय सेवालाई व्यवस्थित गर्दै सार्वजनिक यातायात क्षेत्रको सुधार गर्नु आवश्यक छ ।’ उनले श्रमको सम्मान भए उद्यमशीलताको विकास हुने उल्लेख गरे । श्रम बजारलाई व्यवस्थित र मर्यादित बनाउनुपर्ने चर्चा गर्दै उनले यातायात क्षेत्रमा लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।
संगठनका केन्द्रीय उपमहासचिव विष्णुबहादुर पराजुलीले सवारी दुर्घटना न्यूनीकरणका लागि संगठनले अभियान चलाएको जानकारी दिए । सडक पूर्वाधार, सवारी साधनको अवस्था, छाडा चौपाया लगायतका कारणले समेत सवारी दुर्घटना हुने उल्लेख गर्दै उनले सबै दोष यातायात मजदूरलाई थोपर्ने प्रवृत्ति गलत भएको तर्क गरे ।
संगठन गण्डकी प्रदेश अध्यक्ष विष्णुबहादुर खत्रीले प्रतिनिधि सभाका सदस्य बैरागीलाई सार्वजनिक यातायात क्षेत्रको सुधारको सम्बन्धमा १० बुंदे ध्यानाकर्षणपत्र बुझाउँदै आम मजदूरको सामूहिक प्रयास र एकता विना योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याउन नसकिने बताए । उनले योजनालाई प्रभावकारी कार्यान्वयनका लागि आम श्रमिक एकजुट हुनुपर्ने आवाज उठाए ।
ट्राफिक प्रहरी नायब निरीक्षक खत्रीले ट्राफिक शिक्षा, सडकको अवस्था र सवारी नियमको उल्लंघन भएमा हुने सजायको व्यवस्थाबारे प्रकाश पारे ।
प्याब्सन कास्कीक अध्यक्ष मथुराप्रसाद पौडेलले अहिलेको अवस्थामा योगदानमा आधारित सामाजिक सुरक्षा योजना जस्ताको तस्तै रुपमा कार्यान्वयन गर्न नसकिने बताए । योजना तथा सञ्चय कोषमा कहि न कहि जोडिन पर्ने उल्लेख गर्दै उनले सामाजिक सुरक्षा योजनामा केही संशोधन गर्न माग गरे । एनप्याब्सन कास्की अध्यक्ष हेमन्तराज अधिकारीले विद्यालयका सञ्चालक र यातायात मजदूर एकाघरको परिवार भएको चर्चा गरे ।
‘श्रमको सम्मान र मर्यादित काम सामाजिक सुरक्षा योजना कार्यान्वयन संगठनको अभियान’ भन्ने नाराका साथ भएको कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) कास्की अध्यक्ष जनकराज सिग्देल, यातायात स्वतन्त्र मजदूर संगठन निजी तथा आवासीय विद्यालय महानगर कमिटी अध्यक्ष रुद्रमान प्रधान, उपाध्यक्ष कृष्ण बास्तोला, सचिव महेन्द्रराज पराजुली लगायतले सवारी दुर्घटना न्यूनीकरणक लागि सरोकारवालाको भूमिकाबारे बोलेका थिए ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया