निर्माण व्यवसायीलाई भुकम्प प्रतिरोधात्मक तालिम

समाधान संवाददाता २०८० चैत १९ गते १५:४९

लेखनाथ ।
लेखनाथ निर्माण व्यवसायी समितिले व्यवसायी मजदुरहरुका लागि भुकम्प प्रतिरोधात्मक भवन निर्माण सम्वन्धि सात दिने तालिम प्रदान गरेको छ ।

Advertisement


भवन निर्माण गर्दा महानगरपालिकाले लागु गरेको आचारसंहिताको पुर्ण रुपले पालना गर्न सहयोग पुग्ने गरि मजदुरहरुलाई गुणस्तरिय निर्माणका वारेमा व्यवहारिक र प्रयोगात्मक तालिम दिइएको हो ।


पोखरा महानगरपालिकाका वरिष्ठ ईन्जिनियर सुरेन्द्र पौडेलले तालिमबाट सिकेका कुरालाई जिम्मेवारी पूर्वक वास्तविक जिवनमा उतारेर पोखरालाई पर्यटकीय राजधानीको साथमा सुरक्षित शहरका रुपमा चिनाउने तालिमको मुख्य उदेश्य रहेको बताए ।
पोखरा महानगरपालिकाका ईन्जिनियर जगन्नाथ कोईरालाले भुकम्पले मानिसको ज्यान लिने होइन, हामीले संरचना बनाउँदा मापदण्ड विपरित नगर्न सुझाव दिए ।

Advertisement


लेखनाथ उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष उपेन्द्रराज सुवेदी (राजु)ले जुन सुकै निर्माणका लागि विधि र प्रविधिको प्रयोग गरि सरकारले अगाडी सारेको भवन निर्माण आचारसंहितालाई पुर्ण रुपमा पालन गर्नका लागि अनुरोध गरे ।


समितिका अध्यक्ष प्रेमबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा २९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङ, पोखरा ईको व्रिक्सका संचालक भरतराज ओझा, लेखनाथ हाडवयर्स एशोसियसनका अध्यक्ष अर्जुन पंगेनी, समितिका सस्थापक अध्यक्ष किसान सिंह गुरुङ लगायतले मजबुत भवन निर्माणका लागि प्रदान गरिएको तालिममा सिकेका कुरालाई जिम्मेवारी सम्झेर पुर्ण रुपमा पालन गर्नका लागि अनुरोध गरेका थिए ।

Advertisement


समितिका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक भीमबहादुर नेपाली ‘काईला’ले तालिमको उद्देश्य र उपयोगिताका बारेमा जानकारी गराए ।

कार्यक्रम संचालन सचिव जिवनकुमार परियारले गरेका थिए । नेत्र तिमिल्सेना, मनोज वाग्ले लगायतले तालिम सहजिकरण गरेका थिए ।

तपाईको प्रतिक्रिया