नागरिक समाजले सुनिल उलकलाई सम्पदा संरक्षण सम्मान गर्ने
समाधान संवाददाता
२०८० चैत २० गते १७:५८

पोखरा ।
नागरिक समाज कास्कीले संरक्षणकर्मी एवं इतिहासविद् सुनिल उलकलाई सम्पदा संरक्षण सम्मान २०८० प्रदान गर्ने भएको छ ।
पोखराका पुराना धारा, मठ–मन्दिर, पाटी–पौवा, गुम्बा, मस्जिद, चौतारा, पाटन–चौरको संरक्षण साथै इतिहासका जानकार उलकको योगदानलाई कदर गर्दै सम्मान गर्न लागिएको नागरिक समाज कास्कीका पूर्व संयोजक रामबहादुर पौडेलले जानकारी दिए ।
सम्पदाहरुको सम्मानमा निरन्तर खटिएर अभिलेखीकरण गर्दै आएका उलकले पोखराको ऐतिहासिक बालधारा संरक्षण एवं पुनर्निर्माणमा महत्वपूर्ण भूमिका निवाह गर्दै आएका थिए । विश्व सम्पदा दिवसका अवसर पारेर वैशाख ६ गते समाजले यो पुरस्कार प्रदान गर्ने जनाएको छ ।
छनोट समितिमा दुर्गाकुमारी शर्मा, शोभा श्रेष्ठ, सदस्य थिए भने नागरिक समाज कास्कीका संयोजक नरेन्द्र लालचन र प्रवक्ता गोकुलबहादुर कार्की पदेन सदस्य थिए ।
सम्बन्धित








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया