लायन्सको योगदान महत्वपूर्ण छः भट्ट

पोखरा ।
गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालमा लायन्स क्लबले शिक्षा, स्वास्थ्य, प्राकृतिक विपद् र मानव कल्याणका क्षेत्रमा पुर्याएको योगदान अनुकरणीय रहेको बताएका छन् ।
पोखरामा शनिबार आयोजित लायन्स क्लब डिस्ट्रिक्ट ३२५ एम नेपालको दोस्रो महाधिवेशनमा भट्टले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा क्लबले पुर्याएको योगदानको चर्चा गर्दै त्यस्तो कार्य सरकारसहित सबैका लागि उदाहरणीय रहेको जनाए ।
क्लबका असल अभ्यासको अनुशरण र सहकार्य गर्नुपर्ने खाँचो औंल्याउँदै प्रमुख भट्टले नेपालमा लायन्स क्लबले अस्पताल, विद्यालय, मानव स्वास्थ्य, सामाजिक सेवा, भूकम्पपीडितलाई सहायता जस्ता राम्रो काम गरिरहेको उल्लेख गरे ।
‘समाज परिवर्तनक लागि लायन्स क्लबहरुले सामूहिक रुपमा महत्वपूर्ण भूमिका पनि निर्वाह गरिरहेका छन् । लायन्सले मानवीय एवं प्राकृतिक विपत्तिमा सहयोग गरी ठूलो गुन लगाएको छ,’ प्रमुख भट्टले भने, ‘अनवरत र व्यवस्थित रुपमा मानवीय सेवा गर्दै आउनुभएकोमा हार्दिक बधाई दिन चाहन्छु ।’
लायन्स क्लब अन्तर्राष्ट्रिय कोषबाट करिब २४ करोड सहयोगमा रुवेलाको विरुद्धमा खोप, नेपालका दूरदराजमा गएर करिब २० वर्षसम्म आँखाका बिरामी पहिचान गरी निःशुल्क शल्यक्रिया लगायतका सेवा उपलब्ध गराउनु प्रशंसनीय भएको उनको भनाइ छ । लायन्सले नेपालमा २०७२ सालमा गएको महाभूकम्पमा क्षतिग्रस्त स्थामा पुगी ठूलो सहयोग गरेको पनि उनले सम्झना गरे ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया