त्रिभुवन विमानस्थलकाे धावनमार्गमा यति एयरको जहाज चिप्लियो, उडान-अवतरण बन्द

समाधान संवाददाता २०७६ असार २७ गते १२:१४

समाधान संवाददाता, काठमाडाैं

नेपालगञ्जबाट आएको यति एयरको उडान नम्बर एनवाइटी-४२२ को एटीआर जहाज अवतरणको क्रममा शुक्रबार बिहान ११ बजेर ५ मिनेट जाँदा धावनमार्गबाट चिप्लिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा  यति एयरको जहाज धावनमार्गबाट चिप्लिएर ट्याक्सी वेमा पुगेको हाे ।

Advertisement

जहाजभित्र ६६ यात्रु चालक र तीन जना चालक दलका सदस्यसहित ६९ जना थिए ।विमानस्थल प्रवक्ता प्रताप तिवारीका अनुसार जहाजका दुई यात्रु सामान्य घाइते भएका छन् भने अरूलाई सकुशल उद्धार गरिएको छ ।

धावनमार्गमा जहाज चिप्लिएपछि अहिले विमानस्थलमा उडान र अवतरण बन्द भएको छ ।

Advertisement

प्रवक्ताका तिवारीका अनुसार अहिले आपतकालीन संयन्त्रलाई सुचारू गरेर उद्धार कार्य भइरहेको बताए ।

तपाईको प्रतिक्रिया