पोखरामा लेनिन जयन्ती मनाइयो

पोखरा ।
पोखरामा शनिबार कम्युनिस्ट नेता लेनिनको शतवार्षिकी बनाइएको छ । लेनिन शतवार्षिकी पोखरा संयोजन समितिको आयोजनामा भएको कार्यक्रममा वाम बुद्धिजीवी एवं समितिका संयोजक रामराज रेग्मीले ‘वर्तमानमा लेनिनवादको सान्दर्भिकता’ शीर्षकमा कार्यपत्र पेश गरे ।
सन् २०२४ लेनिन शतवार्षिकीे वर्ष हो । विश्वभरका माक्र्सवादका अनुयायीले यो वर्षभरि विभिन्न कार्यक्रमका साथ ‘लेनिन शताब्दी स्मृति’ मनाइरहेका छन् । रेग्मीले विश्वमा साम्राज्यवादी शक्तिमाझ भीषण टकराव र युद्धको सम्भावना बढेर गएको जनाउँदैसाम्राज्यवादको पतन धेरै टाढाको विषय नरहेको तर्क गरे ।
माक्र्सवादलाई समृद्ध बनाउन लेनिनको उल्लेख्य योगदान रहेको उनको भनाइ छ । ‘माक्र्सवादका आधारभूत प्रस्थापनामा टेकेर उनले समय र परिस्थिति अनुसार थप व्याख्या गरी समृद्ध र जीवन्त बनाए,’ रेग्मीले भने । लेनिनवादले अहिलेका युगीन समस्यालाई सम्बोधन गर्न सक्ने उनको भनाइ छ ।
लेनिन शतवार्षिकी मुल आयोजक समिति संयोजक निनु चापागाईँले नेपालभरी नै विभिन्न समिति गठन गरी लेनिनवाद र माक्र्सवादका विभिन्न पक्षबारे छलफल गरिरहेको जनाए । कार्यपत्रमाथि प्रमोद धिताल र गेहेन्द्रेश्वर कोइरालाले टिप्पणी गरेका थिए ।
पोखरा संयोजक समितिका सहसंयोजक झलकपाणि तिवारीको अध्यक्षतामा भएको कार्यक्रम समितिका सचिव सुरज उपाध्यायले सञ्चालन गरेका थिए । कार्यक्रममा संगम सांस्कृतिक मञ्चका कलाकारहरुले सांगीतिक प्रस्तुति राखेका थिए ।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया