रामबहादुरकाे हत्या गरेकाे आरोपमा चार जना कारागार चलान
समाधान संवाददाता
२०८० चैत २९ गते १२:३१

पोखरा ।
सिन्धुपाल्चोकका ३४ वर्षीय रामबहादुर तामाङको हत्या प्रकरणमा जिल्ला अदालत कास्कीले ४ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
हत्या आरोपमा प्रकाउ परेका सिन्धुपाल्चोकका धनबहादुर लामा र पेम्वा भनिने कान्छी लामा तामाङलाई पुर्पक्षका लागि अदालतले कारागार चलान गरेको हो । हत्या आरोपमा पक्राउ परेका २ जना बालकलाई भने बाल सुधार गृह पठाएको छ ।
गत चैत ३ गते तामाङ कास्कीको मादी गाउँपालिका–१ तउरेली नजिक सिक्लेस हाइड्रोपावर जाने कच्ची सडक खण्डको अन्दाजी २५/३० मिटर तल मृत फेला परेका थिए ।
सम्बन्धित








सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया