कोरियामा रहेकोहरुसँग पोखराका जनप्रतिनिधिको अन्तक्र्रिया

पोखरा ।
वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाको आयोजनामा जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्य स्वयंसेविका र कोरियामा रहेका व्यक्तिका परिवारसँग अन्तक्र्रिया कार्यक्रम बुधबार र बिहीबार पोखरामा सम्पन्न भएको छ ।
रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया गएका नेपालीका परिवारका सदस्यलाई लक्ष्य गरेर बिहीबार गरिएको कार्यक्रमका सहभागीले इपिएस मार्फत कोरिया गएका परिवारको अवस्थामा आएको परिवर्तन, परिवारबाट उनीहरुलाई प्रदान गर्नुपर्ने वातावरणका विषयमा बोलेका थिए ।
पोखरा महानगरपालिकासँगको समन्वयमा भएको कार्यक्रममा सहजकर्ताको रुपमा वैदेशिक रोजगार विभाग इपिएस कोरियाशाखाका निर्देशक मैया कँडेल, पूर्व काउन्सलर रमा भट्टराई र शाखा अधिकृत कमलराज श्रेष्ठ थिए ।
उनीहरुले इपिएस कोरिया शाखाको संगठनात्मक परिचय, भाषा परीक्षाको वर्तमान अवस्था, इपिएस भाषा परीक्षा प्रणालीको निष्पक्षता र पारदर्शिता, इपिएसमार्फत कोरिया गएकाको अवस्था, आउने चुनौती, पर्न सक्ने समस्या, परिवारका सदस्यले खेल्नुपर्ने भूमिका लगायत विषयमा उदाहरणसहित प्रष्ट पारेका थिए । कार्यक्रममा इपिएसमार्फत कोरियामा गएर फर्केका तथा कोरियामा रहेकाका परिवारका सदस्यले आफ्ना अनुभवसहित जिज्ञाशासमेत राखेका थिए ।
सोही कार्यक्रममा कोरियाबाट फर्केका नेपाली कामदारको स्थिर पुनः एकीकरण प्रणाली सुदृढीकरणका लागि कोइकाको सहयोगमा सञ्चालित ‘के हामी’ परियोजनाको बारेमा समेत जानकारी गराइयो । २०२२ मे ३१ म हस्ताक्षर भएको यो परियोजना सन् २०२३ देखि कार्यान्वनमा आएको छ । ८० लाख अमेरिकी डलर बजेट रहेको यो परियोजनाको लाभग्राही इपिएस मार्फत कोरिया गई फर्केका हुन् । परियोजनाको कार्यान्वयन कोरिया मानव संसाधन विकास सेवाले गर्छ ।
त्यसअघि बुधबार जनप्रतिनिधि, कर्मचारी, सामाजिक शिक्षक, महिला स्वंमसेविकालाई लक्ष्यत गरेर अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिएको पोखरा महानगरपालिकाका रोजगार संयोजक विष्णुप्रसाद दाहालले जानकारी दिए । कार्यक्रमको उदघाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका थिए ।









पोखरा बहुमुखी क्याम्पस अध्यक्षमा शंकर गुरुङ
‘पहाड भो मलाई’ गीत सार्वजनिक
खरबारी बन्याे सुन्तला बगैँचा
सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया