अविरल वर्षाका कारण म्याग्दी-मुस्ताङ पहुँचमार्ग ठप्प, नयाँ ट्रयाक खाेल्दै करिडाेर

समाधान संम्वाददाता, मुस्ताङ
लगातारको अविरल बर्षाका कारण भासिएको म्याग्दी—मुस्ताङ पहुचमार्ग खुलाउन शनिबार बिहानैदेखि पहल सुरु भएको छ । मुस्ताङका जनप्रतिप्रनिधि तथा कालिगण्डकी करिडोरको संयुक्त प्रयासमा सडक खुलाउनेकार्य भईरहेको करिडोरले जनाएको छ । शुक्रबार दिउसो मुस्ताङ र म्याग्दीको सिमाना थासाङ गाउपालिका ४ घोप्टेभीरमा सडक भाँसिएपछि सडक अवरुद्ध पुरै अवरुद्ध बनेको हो ।
मुस्ताङको घासा देखि अन्नपूर्ण गाउपालिका ३ काभ्रेभीर सम्म करिव २ किलोमिटर सडक एरिया अग्लो कडा चट्टाने पहाडमुनी पर्छ । उक्त सडकको करिव ५० मिटर तल कालिगण्डकी बगेको छ । शुक्रबार कालिगण्डकी नदीले सडकको ढिस्को कटान गरेको हो । नदी कटानले सडक रहेको जमिन भाँसिएको बेनी—जोमसोम —कोरला सडकका आयोजना प्रमुख मुकुन्द अधिकारीले जानकारी दिए । उनका अनुसार अबिरल बर्षाले मुस्ताङतर्फको घोप्टेभीरमा करिव १२ मिटर सडक भाँसिएको हो ।
यस्तै, सडक भाँसिएकै वरपर थप १० मिटर सडक पनि चर्किएर भाँसिने क्रममा छ । उक्त सडक खण्डको स्तरोन्नतिको जिम्मा शर्मा गजुरमुखीले लिएको हो । गजुरमुखीले अन्नपूर्ण गाउपालिकाको भुरुङ तातोपानी देखि घासासम्मको ३० किलोमिटर सडकको काम गर्दै आईरहेको छ ।
सडक भासिएको स्थानमा वाल र ग्याबिन लगाउने अवस्था नरहेको आयोजना प्रमुख अधिकारीले बताए । उनले भासिएको घोप्टेभीरमा २ वटा बे्रकर मेशिनसहति केही मजदुरले भीर काट्ने काम गरेको जानकारी दिए । ‘भासिएको सडक असहज ठाउमा पर्छ । वाल लगाउने अवस्था पनि छैन ,’उनले भने ,‘नयाँ ट्याक खोल्ने प्रयास गर्दैछौं । भीर कटिङको काम हुदैछ ।’ आयोजना प्रमुख अधिकारीले १ ÷२ दिन भित्रै सडक सुचारु गर्ने उद्देश्यसहित काम भईरहेको तर कडा चट्टान काट्नुपर्ने भएकाले थप केही दिन सडक खुल्न लाग्नसक्ने जानकारी दिए ।
सिमावर्ती घोप्टेभीरमा सडक भाँसिएपछि मुस्ताङ र म्याग्दीको सिधा यातायात कनेक्सन टुटेको छ । म्याग्दीबाट मुस्ताङ र मुस्ताङबाट म्याग्दी आउजाउ गर्ने यात्रुले सवारी फेरेर यात्रु गर्नुेपर्ने अवस्था रहेको छ । सडक अवरुद्धले मुस्ताङको पर्यटन व्यवसाय समेत सुस्ताएको छ । यस्तै , मुस्ताङ खण्डको सिधा यातायात अवरुद्धपछि खाद्यान्न र निर्माण सामाग्री ढुवानीमा समेत प्रतिकुल असर परेको छ । म्याग्दीको रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको तिप्ल्याङको कालिगण्डकी माथिको बेलिब्रिजको बीम वाल समेत धराप परेकोमा त्यहाँ पुल जोगाउन बिम देखिनै ग्याबिन भर्ने काम अन्तिम चरणमा पुगेको करिडोरले बताएको छ ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया